-सोनी शर्मा 

एकान्तमा माया गर्न प्रित बनेर आऊ !

Hollywood Khabar April 10,2018 Comments

बिहानीमा मोति जस्तै शीत बनेर आऊ 
एकान्तमा माया गर्न प्रित बनेर आऊ।  

जिन्दगीको मैदानबाट भाग्नु छैन कतै पनि 
हिम्मत भर मलाई तिमि जित बनेर आऊ। 

मिठो संगीत जिन्दगीको सुनाउछु तिमीलाई 
मिठा मिठा शब्द सहित गित बनेर आऊ। 

तिमीलाई स्वागत गर्छु हरेक पटक यसैगरि  
सुदामा र कृष्ण जस्तै मित बनेर आऊ।  

स्वागत छ नँया बर्ष तिमीलाई खुशी साथ् 
 करोडौ नेपालीको रित बनेर आऊ। 
 
दुख कष्ट होइन फेरी,हसाउनुछ नेपालीलाई 
सबैलाइ खुशी छर्दै हित बनेर आऊ।