भरोशा नै बिश्वास भन्छन्,आफ्नै मनलाई सोधी हेर......

Hollywood Khabar February 15,2018 Comments

-सोनी शर्मा 
बिश्वास घोट्ने कसी कुनै छ र प्यारे 
भाग्य लेख्ने मसि कुनै छ र प्यारे।  

भरोशा नै बिश्वास भन्छन्,आफ्नै मनलाई सोधी हेर
घोट्नु पर्ने ढुङ्गा कुनै छ र प्यारे  ।  

उत्तर खोज त्यो मन भित्र, खोज्नु छैन अन्त कतै 
प्रमाणको दशी कुनै छ र प्यारे। 

मनको डोरी बलियो छ सयौं गुणा फलाम भन्दा  
यो भन्दानी पक्का रसी कुनै छ र प्यारे। 

बिश्वास घोट्ने कसी कुनै छ र प्यारे 
भाग्य लेख्ने मसि कुनै छ र प्यारे।