कृष्ण के सी/अमेरिका
मैले भन्ने गरेको एउटा कुरा छ। टाइपिष्ट त्यो भाग्यमानी हो आफ्नो नियुक्ति आफैंले टाइप गर्न पाउँछ। अनि टाइपिष्ट त्यो अभागी पनि हो आफ्नै अवकास आफै टाइप गर्नुपर्छ। त्यसै गरि एउटा पत्रकार दुनियाँलाइ समाचर बनाएर पस्कने व्यक्ति उसको आफ्नै समाचार भने कुना कन्दराममा थन्कने गर्छन। यसै प्रसंगमा हलिउड खबरकी नेपाल ब्यूरो इन्चार्ज तथा संपादक सोनी शर्माको कुरा गर्दैछु।
वर्तमान गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको ब्यास नगरपालिका वडा नम्बर १४ स्थित छाब्दी बाराहीको मन्दिर छ। सो नजिकै रहेको ८० मिटर उचाईमा रहेको झरनामा डोरीको सहायताले पानीको झरनामा झर्दै गरिने साहसिक खेल Canyoning गर्ने व्यक्ति हो सोनी शर्मा।
हुन त चर्चित बाहुबली मूभीमा गरेको फिल्मी Canyoning गर्न पनि थुप्रै ट्रेनिंग र सुरक्षा बिधि पुरा गरेको थियो। यो शर्माले गरेको Canyoning बिना ट्रेनिंग र सुरक्षाका आधारभूत कुरा पनि नगरी गरेको हुनाले त्यो साहसिक काम थियो।
सोनी शर्माको परिचय लामो छ तर छोटोमा भन्नु पर्दा नेपाल पत्रकार महासंघ तनहुँकी उपाध्यक्ष, एवं हलिउड खबरकी नेपाल ब्यूरो इन्चार्ज/प्रमुख शर्मा क्रियाशील पत्रकार महिला तनहुँकी संस्थापक अध्यक्ष पनि हो। शर्माले ८० मिटर हाइटमा क्यानयोनिङ गर्ने तनहुँकी प्रथम सहासिक महिला समेत हो।
हलिउड खबरकी शर्माले ८० मिटर अग्लो Canyoning गरेको दृश्य
by KRISHNA KC | Updated: 13 Jul 2018
365 views