तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्निया

तामाङ कोअपरेशनको आयोजनामा २८५५ औं सोनाम ल्होछार सान फ्रान्सिस्कोमा

Hollywood Khabar February 07,2019 Comments

कृष्ण के सी/अमेरिका

तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियाको आयोजनामा फाक ल्हो २८५५ औं सोनाम ल्होछारको आयोजना गरिएको छ।

तामाङ कोअपरेशन सोसाइटीले हरेक बर्ष ल्होछार पर्वको आयोजना गर्दै आएको छ। यस बर्ष पनि तामाङहरुको महान साँस्कृतिक पर्ब फाक ल्हो २८५५ औं सोनाम ल्होछार यहि फेब्रेवरी ९, २०१९ का दिन भब्य रुपमा सम्पन्न हुने भएको छ।

संस्थाका अध्यक्ष प्रेम लामाले हलिउखबरसंग कुरा गर्दै भने- यो पटकको ल्होछार अत्यन्तै रमाइलो र अदितिया हुनेछ। कार्यक्रममा गायकहरु सगर वाइबा, इशा कार्की र टलमान मगरको प्रस्तुति रहने छ। त्यसैगरी थुप्रै नृत्यका साथमा आङ गेलु शेर्पाको डिजे भरपूर मनोरन्जनात्मक हुनेछ।

सहयोग स्वरुप प्रवेश शुल्क $२५.०० रहेको छ। खरिद गरेर विभिन्न कानाका परिकारहरु समेत उपलब्द गरिएको छ। कार्यक्रम 850 Judah St, San Francisco, CA 94122 मा सांझ ५ बजे देखि मध्ये रात सम्म हुनेछ।