-Sonam Lama, NRNA VP Candidate 2019

NRNA:पूर्व आरसी सोनाम लामाले भने, उपाध्यक्षमा औपचारिक उम्मेद्वारी घोषणा गर्दैछु

Hollywood Khabar September 06,2019 Comments

कृष्ण के सी/अमेरिका/९/७/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवरमा हुने ९ औं अधिवेशन तथा विश्व सम्मेलनमा पूर्व क्षेत्रीय संयोजक सोनाम लामाले उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने भएका छन्।

लामाले हलिउडखबरलाइ आफ्नो उम्मेद्वारी घोषणाको तयारी गर्दै गरेको र अब छिट्टै औपचारिक रुपमा उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने जानकारी दिएका छन्। लामा उम्मेदवार हुने समाचार हलिउडखबरले गत अगष्ट १७, २०१९ मा नै पोष्ट गरेको थियो। सोनाम लामा एनआरएनए अमेरिकाज क्षेत्रका पुर्व क्षेत्रिय संयोजक (RC) पनि हुन्। कुनै पनि बिषयलाई टुंगो सम्म पुर्याउन लागि पर्ने लामाको योगदानलाइ गैरआवासीय नेपाली संघमा धेरैले नजिकबाट लियालेका छन्।

एनआरएनए आइसीसी मात्र होइन राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको इतिहासमा पनि सोनाम लामाको योगदान अतुलनिय छ। स्थापना काल देखि सघमा लागि परेका लामा २००९-२०११ र २०११-२०१३ दुइ-दुइ पटक अमेरिकाबाट संघको अन्तराष्ट्रिय सदस्य (ICC Member) थिए। २०१३-२०१५ कार्यकालमा भने लामा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक (DRC) थिए। २०१५-२०१७ मा उनि अकेरिकाज क्षेत्रका लागि निर्वाचित क्षेत्रीय संयोजक (RC) भएका थिए।

एनआरएनएका मुख्य प्रोजेक्टहरु लाप्राक प्रोजेक्ट, संघको मुख्यालय क्यम्पास र अन्य परियोजनाहरुमा समेत सकृय थिए लामा। अमेरिकाको एनसीसीमा निर्वाचन गराएर प्रजातान्त्रिक नेतृत्व बनाउन पहल गर्ने मध्येका एक सोनाम लामा (तत्कालिन DRC) हुन्।

संघको हरेक मानविय सेवा र उद्धारका कार्यमा स्वयं सहभागी भएका लामा अमेरिकाको न्यूयोर्क र नेपाल दुवै देशका सफल ब्यबसायी पनि हुन्। उसो त अरु थुप्रै सामाजिक संघ-संस्थाहरुमा समेत सहभागी छन लामा। त्यो भन्दा पनि एनआरएनए अभियानका एक अभिन्न पात्र र कुशल अभियन्ता हुन् उनि।

लामाले आफ्नै २ करोड भन्दा धेरै लगानीमा मुस्ताङ्गमा सबैभन्दा ठूलो ढुंगाको बुद्ध मुर्ती स्थापना गरेका छन्। त्यो सुन्दर मुर्ती निर्माण सम्पन्न पश्चात गैरआवासीय नेपाली संघको नाममा हस्तन्तरण गर्ने उनको योजना थियो। तर एनआरएनएको नेतृत्वको वेवास्ताले गर्दा त्यो कुरा सफल हुन सकेको छैन। तर पनि मुस्ताङ्गमा बुद्धको सुन्दर मुर्ति स्थापना भएको छ।

उसो त लामाका न्यूयोर्कमा थुप्रै ब्यबसाय छन्। त्यो भन्दा पनि ठूलो कुरा त लामाले मुस्ताङ्गमा बनाएको रिसोर्ट नेपालकै अद्वितीय छ। त्यसपछि काठमाण्डौको ठमेलमा उनको अर्को होटल संचालनमा आउने तयारीमा छ। यस्ता सफल ब्यबसायी र संघको लामो इतिहास भएका अनि योगदान गरेका व्यक्ति सोनाम लामा गैरआवासीय नेपाली संघको उपाध्यक्षमा आकांक्षी हुनु अत्यन्तै सान्दर्भिक मान्दछन धेरैजना।

लामाले आफू संघलाइ बलियो र शसक्त बनाउने कार्यमा लागि पर्न, योगदान दिनको लागि यो पटक उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्न लागेको कुरा बताए।