NRNA:एनआरएनए उपाध्यक्षमा पूर्व आरसी सोनाम लामा उम्मेद्वार हुने

0
shares

by Krishna KC | Updated: 19 Aug 2019

175 views
-Sonam Lama, NRNA VP Candidate 2019

कृष्ण के सी/अमेरिका/८/१७/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर १३-१६, २०१९ काठ्माण्डौमा हुने ९ औं महाधिवेशन तथा विश्व सम्मेलनमा सोनाम लामाले उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन्।

हुन त मैले २०१७ सेप्टेम्बर २४ का दिन सोनाम लामाको उम्मेद्वारी घोषणाबारे लामै लेख/समाचार लेखेको थिएँ। आज लगभग दुइ बर्ष पछाडि उस्तै खाले अर्को समाचार लेख्दैछु। म आफू पत्रकार कम र एनआरएनबारे चासो धेरै राख्ने व्यक्ति हुँ। सोनाम लामा एनआरएनए अमेरिकाज क्षेत्रका पुर्व क्षेत्रिय संयोजक (RC) पनि हुन्। सो समय आफू सोहि क्षेत्रको क्षेत्रीय मिडिया संयोजक भएर लामासँग थुप्रै अफिसियल काम गरियो। अनि हाल आएर फेरि पनि सोनाम लामाद्धारा उपाध्यक्ष पदमा उम्मेदवारी दिने कुरा प्रष्ट रुपमा आएको छ।

हुन त लामाले आफू उपाध्यक्षमा उम्मेद्वार भएको औपचारिक घोषणा गरेका छैनन्। तर पनि लामासँग एनआरएनए र अन्य सामाजिक क्षेत्रका बिषयलाई लिएर थुप्रै कुरा हुने गर्छन। लामासँग हलिउडखबरको लागि भएको कुराकानिमा उनले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी हुने कुरा बताएका छन्।

एनआरएनए आइसीसी मात्र होइन राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको इतिहासमा पनि सोनाम लामाको योगदान अतुलनिय छ। स्थापना काल देखि सघमा लागि परेका लामा २००९-२०११ र २०११-२०१३ दुइ-दुइ पटक अमेरिकाबाट संघको अन्तराष्ट्रिय सदस्य (ICC Member) थिए। २०१३-२०१५ कार्यकालमा भने लामा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक (DRC) थिए। २०१५-२०१७ मा उनि अकेरिकाज क्षेत्रका लागि निर्वाचित क्षेत्रीय संयोजक (RC) भएका थिए।

एनआरएनएका मुख्य प्रोजेक्टहरु लाप्राक प्रोजेक्ट, संघको मुख्यालय क्यम्पास र अन्य परियोजनाहरुमा समेत सकृय थिए लामा। अमेरिकाको एनसीसीमा निर्वाचन गराएर प्रजातान्त्रिक नेतृत्व बनाउन पहल गर्ने मध्येका एक पनि सोनाम लामा (तत्कालिन DRC) हुन्।

संघको हरेक मानविय सेवा र उद्धारका कार्यमा स्वयं सहभागी भएका लामा अमेरिकाको न्यूयोर्क र नेपाल दुवै देशका सफल ब्यबसायी पनि हुन्। उसो त अरु थुप्रै सामाजिक संघ-संस्थाहरुमा समेत सहभागी छन लामा। त्यो भन्दा पनि एनआरएनए अभियानका एक अभिन्न पात्र र कुशल अभियन्ता हुन् उनि।

लामाले आफ्नै २ करोड भन्दा धेरै लगानीमा मुस्ताङ्गमा सबैभन्दा ठूलो ढुंगाको बुद्ध मुर्ती स्थापना गरे। त्यो सुन्दर मुर्ती निर्माण सम्पन्न पश्चात गैरआवासीय नेपाली संघको नाममा हस्तन्तरण गर्ने उनको योजना थियो। तर एनआरएनएको नेतृत्वको वेवास्ताले गर्दा त्यो कुरा सफल हुन सकेको छैन। तर पनि मुस्ताङ्गमा बुद्धको सुन्दर मुर्ति स्थापना भएको छ।

उसो त लामाका न्यूयोर्कमा थुप्रै ब्यबसाय छन्। त्यो भन्दा पनि ठूलो कुरा त लामाले मुस्ताङ्गमा बनाएको रिसोर्ट नेपालकै अद्वितीय छ। त्यसपछि काठमाण्डौको ठमेलमा उनको अर्को होटल संचालनमा आउने तयारीमा छ। यस्ता सफल ब्यबसायी र संघको लामो इतिहास भएका अनि योगदान गरेका व्यक्ति सोनाम लामा गैरआवासीय नेपाली संघको उपाध्यक्षमा आकांक्षी हुनु अत्यन्तै सान्दर्भिक मान्दछन धेरैजना।