-NRNA:पूर्व आरसी सोनाम लामाद्वारा उपाध्यक्षमा उम्मेद्वारी घोषणा

NRNA:पूर्व आरसी सोनाम लामाद्वारा उपाध्यक्षमा उम्मेद्वारी घोषणा

Hollywood Khabar October 11,2019 Comments

कृष्ण के सी/अमेरिका/१०/१३/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर १५-१७, २०१९ मा हुने विश्व सम्मेलन तथा महाधिवेशनमा अमेरिकाज क्षेत्रका पूर्व आरसी सोनाम लामाले उपाध्यक्षमा उमेद्वारी घोषणा गरेका छन्।

लामाको प्रेस बक्तब्य:

आदरणीय दिदीबहिनी एवं दाजुभाईहरुमा

दशैं, तिहार, छठ पर्व र नेपाल सम्वतको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालीका लागि नेपाली” भन्ने मूल उद्देश्यसहित स्थापित गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापनाकालदेखि संघले अवलम्वन गरेको बाटो र उद्देश्य प्राप्तिको लागि मैले निरन्तर रुपमा लागि पर्दै आएको सबैमा पुनः स्मरण गराउन चाहन्छु । संघको तिनै उद्देश्य प्राप्तिको लागि अग्रज/अनुजहरुबाट सिक्दै गर्ने क्रममा मैले संघको बिभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तह र तप्कामा रहेर कार्य सम्पादन गर्ने अवसर समेत मैले प्राप्त गरेको छु । जसको लागि मैले मेरो सार्मथ्यले भ्याएसम्म आर्थिक, नैतिक एवं सामाजिक रुपमा संघलाई सहयोग पुर्याउदै आईरहेकोछु ।

निःस्वार्थ सेवाभावले सामाजिक सेवा प्रतिको मेरोे निरन्तर लगावलाई तपाईहरुकै साथ र सहयोगले सदैव पूर्णता पाउने कुरामा म ढुक्क रहदै आएकोछु । परिवर्तशिल परिस्थिती र बद्लिदो समयक्रमसँगै संघको उद्देश्य र लक्ष्यहरु परिमार्जन हुने क्रममा गर्नु पर्ने कामहरु धेरै नै छन् । तिनै बाँकी कामहरु सम्पन्न गर्न र गराउनको लागि आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म सम्पन्न हुन लागेको एनआरएनएको ९ औं विश्व सम्मेलनमा उपाध्यक्ष पदको लागि उमेदवारी दिन लागेको घोषणा गर्न चाहन्छु ।

आशा एवं विश्वास छ मेरो उमेदवारीलाई तपाईहरुले अनुमोदन गरेर संघमा अझै काम गर्ने अवसर प्रदान गर्नु हुने नै छ ।

उमेदवारीसँगै बुँदागत रुपमा आफ्नो एजेण्डाहरु प्रस्तुत गर्न चाहन्छु ।

१) गैरआवासीय नागरिकता निरन्तरतालाई व्यवहारीक रुपमा कार्यान्वयनको लागि आवश्यक पहल कदमी गर्ने ।

२) भिजन २०२० एण्ड वियोण्ड” लाई पुर्ण रुपमा कार्यान्वयन गर्ने ।

३) समृद्व नेपालको लागि १० अर्व रुपैयाको सामुहिक लगानी कोष निमार्णको काम पूरा गर्ने

४) “भिजिट नेपाल-२०२०” सफल बनाउँन एक एनआरएनए सदस्य बराबर एक बिदेशी पर्यटन भित्र्याउन पहल गर्ने ।

५) बैदेशिक रोजगारीमा जाने नेपालीहरुको लागि कल्याणकारी कोष स्थापनाको कार्यलाई यथासिघ्र सम्पन्न गर्ने ।

६) एनआरएनएले शूरुवात् गरेको पुराना मेघा प्रोजेक्टहरुलाई समयमै सम्पन्न गर्न/गराउन लागि पर्ने ।

७) बिदेशमा आर्जन गरेको ज्ञान, सीप र क्षमतालाई देशमै उपयोग गर्ने उचित वातावरण निमार्ण गर्ने ।

अन्तमा मेरो औपचारिक उमेद्वारी र एजेन्डाहरुलाई श्रव्य-दृश्य माध्यमबाट समेत प्रस्तुत गरेको छु ।

जय एनआरएनए ।

सोनाम लामा

उपाध्यक्षका उमेदवार

एनआरएनए आईसीसी, २०१९–२०२१