NRNA: अमेरिकाज RC सोनाम लामाद्धारा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

Hollywood Khabar September 23,2017 Comments

कृष्ण के सी/अमेरिका ९/२४/१७
गैर आवासिय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (RC) सोनाम लामाले आगामी २०१७-२०१९ कार्यकालका लागि संघको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
सेप्टेम्बर २४, २०१७ मा NRNA NCC बेलायतद्धारा आयोजित ह्याण्ड ओभर टेकओभर कार्यकममा अतिथिको रुपमा बोल्नेक्रममा अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाले औपचारिक रुपमा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।
सोनाम लामा सन २००९-२०११ र २०११-२०१३ कार्यकालमा दुइ-दुइ पटक अमेरिकाबाट संघको अन्तराष्ट्रिय सदस्य (ICC Member) हुनुहुन्थ्यो। २०१३-२०१५ कार्यकालमा भने लामा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक हुनुहुन्थ्यो भने २०१५-२०१७ अर्थात हाल उहाँ अकेरिकाज क्षेत्रका निर्वाचित क्षेत्रीय संयोजक (RC) हुनुहुन्छ।
संघको लाप्राक प्रोजेक्ट, मुख्यालय क्यम्पास र अन्य परियोजनाहरुमा समेत सकृय रहनुभएका लामाले आफ्नै २ करोड भन्दा धेरै लगानीमा मुस्ताङ्गमा सबैभन्दा ठूलो ढुंगाको बुद्ध मुर्ती स्थापना गरेर संघको नाममा हस्तन्तरण गर्दै हुनुहुन्छ। संघको हरेक मानविय सेवा र उद्धारका कार्यमा स्वयं सहभागी भएका लामा न्यूयोर्क, अमेरका र नेपाल दुवै देशका सफल ब्यबसायी पनि हुनुहुन्छ। उसो त अरु थुप्रै सामाजिक संघ-संस्थाहरुमा समेत सहभागी हुनुहुन्छ लामा। त्यो भन्दा पनि एनआरएनए अभियानका एक अभिन्न पात्र र कुशल अभियन्ता मानिनुहुन्छ।
उपाध्यक्ष पदका उम्मेदवार सोनाम लामाको घोषणा पत्र जस्ताको तेस्तै:
घोषणा पत्र
नमस्ते यहाँ उपस्थित मेरा अग्रज अध्यक्षज्यु आइसिसि सदस्यज्युहरु लगायत सम्पुर्ण नव निर्वाचित पधादिकारीज्युमा म सोनाम लामाको !
आजको यो सभामा म यहाँहरुलाई साक्षी राख्दै मेरो एनआरएनएको ८ वर्षको यात्रालाइ निरन्तर जारी राख्न आगामी २०१७-२०१९ को आइसिसिको उपाध्यक्षको जिम्मेवारी लिने घोषणा गर्दछु । यहाँहरुको विश्वास र मायाले मलाई अझ निरन्त काम गर्न उर्जा मिलेको हो। गोर्खालीहरुको ईमान्दारीता र बहादुरीले सिचेको यो बेलायत मेरो अर्को घर हो, तपाइहरु मेरा परिवार । म सम्पुर्णएनआरएनहरुलाइ विश्वास दिलाउन चाहन्छु मेरो उपाध्यक्षको कार्यकालमा गर्नु पर्ने÷गर्न सक्ने मेरा प्रतिबद्धताहरु
१) मेरो कर्म क्षेत्र अमेरीकाको क्षेत्रिय सम्मेलनमा पारीत भिजन २०२० एण्ड वियोण्डलाई पारीत गरी सफलतापुर्वक लागु गराउन ।
२) हामी एनआरएनहरुको दोश्रो गाउँ लाप्राक मेरो पनि सपना हो । मैले पनि सेवा गर्ने मौका पाएको छु । अध्यक्षज्युसगै अब बाँकी काम पुरा गर्न पछि हटने छैन ।
३) हाम्रो १४ वर्ष देखिको सपना हाम्रो हेडक्वाटर जसको म आफै संयोजक छु। अब बाँकी काम पनि पुरा गर्न म पछि हटने छैन ।
४) हामी भोली मरेर जान्छौ, हामी मरेर गएपनि हाम्रा छोराछोरी, नातीनातीनाहरुलाइ मुलुकसंग जोडी राख्न नागरिकताको निरन्तरताको लागी हिजोको भन्दा धेरै सकृय हुनेछु।
५) देशमा काम गर्ने दक्ष कामदार छैन्न । मैले आफैले लाप्राक, हेडक्वाटर, मेरो बनिरहेको होटल, मुक्तिनाथ रिर्सोट, विश्वको अग्लो स्थानमा बनिरहेको बुद्ध मुर्ती परियोजनामा मैले आफै भोगेको छु । त्यसैले मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा मेरो सकृयता रहने छ ।
हिजो जसरी देशमा परेको संकटमा अध्यक्षज्यु संग काँधका काँध मिलाएर चाहे भुकम्प पिडितलाई राहत पु–याउन होस् , चाहे सप्तरी बाढी पिडितलाई सघाउन म हिजो जतिकै भोली पनि खट्ने छु । हिजोको दिनमा जति गरे म त्यसलाई निरन्तरता दिदै मेरो अबको दुई वर्षको कार्यकालमा यति काम सम्पन्न गर्न सके भने मैले मेरो देश मेरो नेपाल र तपाई एनआरएनहरु प्रतिको कर्तव्य पुरा भएको विश्वास गर्ने छु ।
अन्त्यमा सबैलाई एनआरएनएमा आबद्ध भई देशको विकासमा सहभागी हुन आग्रह गर्दै विदा माग्दछु ।
जय एनआरएन।