Sonam Lhochhar 2019, San Francisco

सोनाम ल्होछारमा तामाङमय सान फ्रान्सिस्को, हजारको हाराहारीमा नेपालीहरुको उपस्थिति

Hollywood Khabar February 09,2019 Comments

कृष्ण के सी/अमेरिका

तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियाको आयोजनामा फाक ल्हो २८५५ औं सोनाम ल्होछार बृहत नेपालीहरुको उपस्थितिमा भब्य रुपमा भएको मनाइएको छ।

तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्याल लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता सोसाइटीका अध्यक्ष प्रेम लामाले गरेका थिए। शुभकामना संदेश, गीत र नृत्यका साथ मा डिजे सहित भरपूर मनोरंजतात्मक रुपमा आयोजित कार्यक्रममा लगभग हजार जनाको हाराहारीमा नेपालीहरुको उपस्थिति थियो।

संस्थाले गेटमा तामाङ संस्कृति झल्काउने पहिरन र टोपी न्यूनतम मूल्यमा उपलब्ध गराएको थियो। त्यसैले गर्दा हालमा सबैजसो नेपालीहरु तामाङमय भएका थिए। संस्कृति भनेको नेपाली जातिको पहिचान हो अनि अमेरिका मेल्टिङ पट हो। जब सम्म हाम्रो धर्म, भाषा र संस्कृति हामीसँग रहन्छ तब सम्म हाम्रो पहिचान रहन्छ। त्यो तामाङ मात्र होइन जुन सुकै पनि हुन सक्छ।

आयोजकहरुको यो न्यूनतम मूल्यमा पहिरन उपलब्ध गराउने तरिका अरु सांस्कृतिक पर्वका आयोजकहरुलाई उदाहरण मान्न सकिन्छ। एउटा संस्कृतिले निरन्तरता पाउने अर्को इच्छित व्यक्तिले पनि आफ्नो पहिरन लगाउने इच्छा पूरा गर्न पाउने। अनि आयोजक सँस्थालाइ पनि सामान्य रुपमा केहि द्रब्य बचत हुने।

कार्यक्रममा गायकहरु सगर वाइबा, टलमान मगर र इशा कार्कीको प्रस्तुतिका साथमा थुप्रै नृत्यका साथमा आङ गेलु शेर्पाको डिजे भरपूर मनोरन्जनात्मक थियो।