बलिउड नायिका साेनालीलाइ‘हाइ ग्रेड क्यान्सर’

Hollywood Khabar July 04,2018 Comments

२१ असार काठमाडौं।बलिउड चलचित्रकी लोकप्रिय नायिका सोनाली बेन्द्रेलाइ क्यान्सर भएको छ।४३ वर्षीया सोनाली बेन्द्रेले आफूलाई ‘हाइ ग्रेड क्यान्सर’ भएको सामाजिक सञ्जाल ट्वीटमार्फत जानकारी गराएकी हुन् ।सोनालीले ट्वीटमा आफूलाई केही सामान्य स्वास्थ्य समस्या देखा परेको र परीक्षण गराउँदा आफूलाई क्यान्सर भएको खुल्न आएको बताएकी छन् ।

सोनाली न्यूयोर्कमा उपचाररत छिन् र निरन्तर डाक्टरहरूसँग सुझाव लिइरहेकी छन्।ट्वीटर र इन्स्टाग्राममा एउटा वक्तव्य जारी गर्दै उनले आफ्नो परिवारका सदस्य, शुभचिन्तक र प्रसंशकहरूलाई साथ र समर्थन दिइरहेकोमा धन्यवाद दिएकी छन् ।रोग लाग्नु आफ्ना लागि आश्चर्यजनक रहेको र कहिल्यै यस्तो होला भनेर नसोचेको उनको भनाइ छ ।नायिका सोनालीले हम साथ साथ हैँ, हमारा दिल आपके पास है, दिलजले, कल हो ना हो, सरफरोश जस्ता सफल चलचित्रहरूमा अभिनय गरिसकेकी छन् । फिल्म वितरक गोल्डी बहलसँग विवाह बन्धनमा बाँधिएपछि उनी चलचित्रमा देखिन छाडेकी थिइन् ।