-सांकेतिक तस्विर

सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट 

Hollywood Khabar February 14,2019 Comments

३ फागुन, सिन्धुली।सिन्धुलीमा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ।सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा ४५ एम्पियरको १२ भोल्टको सोलारको ब्याट्री पड्किँएर आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।तार सर्ट भएर ब्याट्री पड्किँदा भएको आगलागीबाट  पाँच लाख ६४ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।