कृष्ण के सी/अमेरिका
रक-पप गायीका सरस्वती लामालाइ हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्डमा रक-पप गायन तर्फ उत्कृष्ट अवार्ड प्रदान गरिएको छ।
कतारको दोहामा आयोजित हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्यूजिक अवार्ड २०१९ संस्करणमा विभिन्न विधा मध्ये गायिका सरस्वती लामाको भैसी हात्ती गीतले उत्कृष्ट नेपाली रक-पप गायीका तर्फको अवार्ड जित्न सफल भएकी हुन्।
हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्यूजिक अवार्ड २०१८ मा पनि गायिका सरस्वती लामाको अत्यन्तै चर्चित रक गीत “उर्वसी” ले रक-पप विधामा उत्कृष्ट अवार्ड प्राप्त गरेकी थिइन्। यो अवार्ड प्राप्त गरेपछि आफू अत्यन्तै खुशी प्रकट गर्दै थप जिम्मेवारी बढेकोले अझै उत्कृष्ट गीतहरु गाउने प्रेरणा मिलेको जानकारी गराइन।