पोखराको न्युरोड स्थित एस मिनी मार्केटमा आगलागी

एस मिनी मार्केटमा भीषण आगलागी: अधिकांश माल-सामानहरु जलेर नष्ट

Hollywood Khabar August 12,2019 Comments

२८ साउन,पोखरा कास्की।पोखराको न्युरोड स्थित एस मिनी मार्केटमा मंगलबार दिउँसो एकाएक आगलागी हुँदा मिनी मार्केटका प्रायःसबै  सटरका सामानहरु जलेर नष्ट भएका छन्।आगलागीबाट ३२ सटरका ७ व्यवसायीको प्रायःअधिकांश  माल-सामानहरु जलेर नष्ट भएका थिए।

एस मिनी मार्केटका संचालक युवा व्यवसायी यदुनाथ अधिकारीका अनुसार मार्केटमा आगलागी हुँदा करिब ७ करोड मुल्य बराबरको क्षती भएको छ।दिउँसोको समयमा आगलागी भएको हुँदा आगलागी हुन साथ हार गुहार गरी पसल संचालक तथा ग्राहकहरुलाई मार्केटबाट समयमै बाहिर निस्कन सफल हुनाले मानविय क्षति भने हुन पाएन।एकाएक मार्केटको बिच भागबाट आगोको मुस्लोसहित कालो धुँवा आएपछि हामीले लौ न नी कहाँबाट आगलागी भयो भन्दै प्रहरीलाई खबर गर्नुदेखि मानिसहरुलाई बचाउन अनि मार्केट नजिकका अन्य पसलका सामानहरु हटाउन लाग्यौं । ”

न्यूरोड जस्तो क्षेत्रमा आगलागी भएको करिब २० मिनेटपछि मात्र दमकल आएको स्थानियले गुनासो गरे।उनीहरुले भने“ हामीले समयमै दमकललाई खबर गर्न लगाएका थियौं, मार्केटको बिच भागबाट सानो आगोको ज्वाला निस्केकोमा करिब ७ मिनेटमै ठुलो कालो मुस्लोसहित आगोको ज्वाला निस्केको थियो, यदि समयमै दमकल आएको भए मार्केट जोगाउन सकिन्थो । ”