-शीतल आचार्य

शीतल आचार्य अन्तर्राष्ट्रिय साँस्कृतिक महासंघ नेपालको अध्यक्षमा मनोनित

Hollywood Khabar May 26,2020 Comments

काठमाडौं/मे २७, २०२०

लामो समयदेखि साँस्कृतिक कला तथा संगीतमा रहेकी शीतल आचार्य अन्तर्राष्ट्रिय साँस्कृतिक महासंघ नेपालको अध्यक्षमा मनोनित भएकी छन्।

उनी विश्वका ५० भन्दा बढी देशहरूमा कला संस्कृतिको माध्यमबाट विश्वमाझ आफ्नो परिचय दिएकी सफल संस्कृतिकर्मी, कलाकार, मोडेल तथा कुसल व्यवस्थापक हुन्। उनै आचार्यलाइ अन्तर्राष्ट्रिय साँस्कृतिक महासंघ आईओभी (International Organization of Folk Arts IOV) नेपालको अध्यक्ष पदमा मनोनित गरेको जनाएको छ।

कोरोनाको महामारीको कारण भिडियो कन्फ्रेन्सका माध्यमबाट बसेको आईओभीको बोर्ड मिटिङले केही समयदेखि रिक्त रहेको उक्त पदमा आचार्यलाई मनोनित गरेको कुरा बताइएको छ। आचार्य एभरेष्ट नेपाल कल्चरल ग्रुपमा सन् २०१२ देखि आबद्ध रही निरन्तर रूपमा लोक कला, संस्कृतिको संरक्षण र प्रबद्र्धनमा समर्पित तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लोक कला र संस्कृतिको उत्थानका लागि सहभागी भएको कुरा बताइएको छ।

आईओभी महासंघको मुख्य उद्देश्य विश्वमा लोक संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने तथा विभिन्न देशमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा सहभागी हुने, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न देशको लोक संस्कृतिको बारेमा अनुसन्धार्न गर्ने रहेको छ। सन् १९७९ मा स्थापित आईओभी महासंघमा १५० भन्दा बढी मुलुकहरू सदस्य रहेका छन् भनिन्छ।