-तस्विर दैनिक भास्करको अनलाईनबाट

रौतहट डुबाउने बिहारको सीतामढी बाँध बाढीले भत्कायो 

Hollywood Khabar July 12,2019 Comments

२८ असार,सीतामढी।नेपालको रौतहटका विभिन्न क्षेत्र डुबाउदा समेत् नखोलिएको बिहारको सीतामढी बाँध बाढीले भत्काइदिएको छ।बिहारको सीतामढी जिल्लामा  सुप्पी प्रखण्डको जमला गाउँ नजिक रहेको बागमती नदीको बाँध बाढीले भत्काइदिदा तल्लो भागका एक दर्जन बढी गाउँहरु डुबानमा परेको भारतीय सञ्चार संस्था दैनिक भास्करको बिहार अनलाईन संस्करणले जनाएको छ।बाँध फुटेपछि भारतको बिहारमा ७ दिनसम्मको लागि विद्यालय बन्द गरिएको छ। रौतहटमा भने पानीको सतह कम भएको छ ।