https://www.youtube.com/embed/LnfYfarQWJs

सीता बोहराको पहिलो उपहार “झुम्का” र कमल बिसीको साथ

Hollywood Khabar July 05,2017 Comments

सुकदेब चापागाईं/काठमाडौं
शिक्षा क्षेत्रमा आबद्ध हुनुभएकी ले यस वर्षको तीजलाई लक्षित गरी नयाँ धमाकेदार तीज गीत बजारमा ल्याएकी छिन्। पेशाले शिक्षा क्षेत्रमा आबद्ध भएकी सीता बोहरा पहिलो पटक गायिकाका रुपमा देखा परेकी हुन्।
उनकै आवाजमा गाइएको “झुम्का लाउली मायालु” बोलको तीज गीत हालै सार्वजनिक भएको छ। यस गीतमा गायिका सीतालाई साथ दिएका छन् चर्चित गायक कमल बिसी माल्दाईले। यस वर्षको तीजलाई लक्षित गरी नयाँ कोसेली स्वरुप “झुम्का लाउली मायालु” बोलको गीत पहिलो पटक सार्वजनिक गरिएको गायिका सीता बोहराले बताईन्। उनको यो नै पहिलो गीत हो। बागेश्वरी म्युजिक कम्पनी मार्फत उक्त गीत बजारमा आएको हो।
संचार जगतलाई छाडेर गीत संगीतमा लागेका कमल बिसी, माल्दाई र सीता बोहराको आवाजमा सजिएको यस गीतमा लोक दोहोरी क्षेत्रका चर्चित मोडल तथा डान्सर शंकर बिसी, गायिका स्वयं, वैभव अधिकारी र रक्षा कंडेलले अभिनय गरेका छन्। यस गीतको लय तथा शब्द गायक स्वयंको रहेको छ भने म्युजिक भिडियोलाई निर्देशन गरेका छन् मोडल शंकर बिसीले। त्यस्तै गीतको छायांकन राजेश घिमिरेले गरेका छन्।
शिक्षा क्षेत्रसँगै समाज सेवामा समेत लागेकी गायिका बोहराले पहिलो पटक तीज गीत बजारमा ल्याउन पाउँदा खुसी लागेको बताईन् । उनले भनिन्, ‛यो मेरो पहिलो प्रयास हो। पहिलो चोटि नै यसरी गीत सार्वजनिक गर्दा धेरै ठाउँबाट राम्रो प्रतिक्रिया पाईरहेकी छु। अब म गीत संगीत क्षेत्रमा पनि निरन्तर लागिरहने सोच बनाई सकेको छु।’ आफ्नो बा आमाको प्रेरणाले नै आफू गीत संगीतमा लागेको उनले बताईन् ।
बैतडी जिल्लाको नुवादेउ गाउँकी चेली दार्जिलिङ रातो बंगलामा जन्मिएकी बोहराले भारतको देहरादुनबाट मास्टर डिग्री अध्ययन सकेर नेपाल फर्किएपछि गीत संगीतमा लाग्ने सोच बनाएकी थिईन्। सोही सोच अनुसार नै उनी अहिले गीत संगीतको क्षेत्रमा लागेकी हुन्।