टंक फोम्बो/क्यालिफोर्निया- हलिउडखबरमा पहिलो पटक प्रकाशित ७/२/१८ दोश्रो पटक प्रकाशित ७/१६/१९
नेपाल एक बहुल जातीय, बहुल भाषिक र बहुल सास्कृतिक मुकुल हो। नेपालमा सास्कृतिक बिबिधदता छ। साउने सक्रान्तिको दिनलाई लिम्बु समुदायले सिसेक्पा तङ्नामको रुपमा मनाऊछन् । यो पर्ब प्राय जसो सबै नेपालीको चाड हो। स्वदेश तथा विदेशमा बसोबश गर्ने सबै नेपालीहरुले आ-आफ्नै सास्कृतिक मान्यता र परिस्थिति अनुसार मनाउने गर्दछन।
साउने सक्रान्ति पर्बको ऐतिहासिक बुझाई एक काण्डरक नामक राक्षसको पुजा गरि असारे हिलो मैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड हो। तर नेपालमा आदिमकाल देखि बसोबास गर्दैं आएका बिभिन्न आदिबासी जनजातीहरु पूर्वका लिम्बु र राई तराईका थारु र पश्चिमका गुरुङ र मगर आदिले यो पर्बलाई केवल लुतो फाल्ने चाडको रुपमा मात्र मान्दैनन।
लिम्बु समुदायमा काण्डरक राक्षस भन्दा फरक प्रसंगमा म़ाङहाङ नामक एक आदिम पुर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैविक प्रकोपको सामना गर्नु परेको अनिकालको कारुणिक कहानीसंग यो पर्बले तादम्यता राख्दछ। तसर्थ, यो चाडलाई प्रकृतिको पुजा, पुर्खाको सम्झना वा सम्मान तथा बिगत र बर्तमानको समिक्षा गर्ने र भबिश्यको योजना बनाउने पर्वको रुपमा पनि मान्ने गरिन्छ।
लिम्बुहरुको जनसंङख्या बाहुल्यता भएको स्थल तिर साउने सक्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको बन जंगल गई साउने सक्रान्तिका लागि आवश्यक अन्न, फलफुल र पातहरु संकलन गरि ल्याऊने गरिन्छ। दिउसो हरियो बाबियोको डोरी बाटी त्यसमा सिउरेर घरको मुलढोका माथि वरिपरि टाँगेर झुन्ड्याउने चलन छ। त्यसपछि सबै परिवार मिलेर अलिकति सबेरै आफ्नो घरमा जे भएको अन्न फलफुल र अन्य परिकारको खानपिन खाएर रमाइलो गर्दछन।
यसदिन साँझपख गाउँ-घरमा मिठो मसिनो खाइसके पछि वरपर, तलमाथि, वरिपरि बन्दुक पनि पड्काइन्छ। थाल, झ्याम्टा, नाङलो र ढोलहरु बजाउने गरिन्छ। प्रत्येक घरका हिड्डुल गर्न सक्ने सदस्यहरुले घरमुली बुढापाकाको निर्देशनमा घर भित्रका सबै ठाँउं र वरिपरि घुमेर यी सामग्रीहरु बजाउँदै केहि खराब तत्व वा आत्माहरुलाई घरको मुलढोका बाट भित्र पसी सहायक ढोकाबाट बाहिरतिर खेदाएर निकालिन्छ।
यसरी खराब कुराहरुलाई खेदाइरहेको बेला कुनै भूतप्रेत वा भौतिक शत्रु, चोर डाका आदि लाई खेदाएको हुदैन। उनीहरुले आफ्नै मात्रिभाषामा सक्रान्ति जाउ मंक्रान्ति आउ, अनिकाल जाउ, सहकाल आउ भन्ने भाबमा अनिकाल वा दु:ख पीडालाई पर्वको रुपमा मनाउने गर्दछन। त्यसैगरी अबत, नयाँ अन्न बाली र फलफुलहरु पाके, यसकारण अब हामी कम्तिमा छ महिना माघे सक्रान्ति सम्म बाच्ने भैयो भनेर रमाएका हुन् रे भन्ने किम्बदन्ती पनि छ।
हिन्दु समुदायमा साउने सक्रान्तिको दिन नासपाती, कागती, निबुवा, अम्बा, अना र अन्य फलफूलहरु चढाएर काण्डरक राक्षसको पुजा गरेमा दाद लुतो र खटिरा जस्ता छालाका रोगहरु निको हुन्छ भन्ने विश्वास छ। साथै कुकुरडाइनो, कागभलायो, कुरिलो, धसीङ्गारे र सिस्नो जस्ता औषधीको रुपमा प्रयोग हुने बनस्पतिहरुको आगो बालेर ताप्ने साथै घरको आगनको चारै दिसामा अगुल्टोहरु राखेर तापे पछि लुतो जाने किम्बदन्ती छ।
त्यसैगरी साउने सक्रान्तिको दिन देखि हिउद लाग्यो अब बाँचिन्छ र राम्रो हुन्छ भनि मनाउछन भने माघे सक्रान्ति पछि अब बर्षा लाग्यो यो साल मरिन्छ कि बाँचिन्छ भनेर मनाउँने प्रचलन पनि आम आदिबासी जनजातिहरुमा सर्बब्यापक छ।
आजसम्म राष्टिय ब्यापी रुपमा साउने सक्रान्ति प्रतिको अभिलेखहरु केवल एउटा जाति, वर्ग र धार्मिक सास्कृतिक समुदायको मान्यता बिशेषमा मात्र केन्द्रित छन्। अब यी र यस्ता चाडहरुलाई सबै नेपालीहरुको साझा चाडको रुपमा बिकसित गरि धार्मिक सास्कृतिक सहिष्णुता कायम गराउन आबश्यक छ।
अन्त्यमा, सिसेक्पा तङनामको सापेक्ष वैज्ञानिकता र सत्यताको खोजिसंगै एक आपसमा राम्रो वा नराम्रो जे जस्तो लागे पनि सबैलाई समान रुपमा मान्यता र अवसर दिएर शंरक्षण गर्दै लैजाने कर्तब्य र जिम्मेवारी सम्बद्ध जाति, धार्मिक वा सास्कृतिक समुदाय र सरकारको समेत उतरदायीत्व हो।
नोगेन सेवारो
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता