सान फ्रान्सिस्कोमा सिसेक्पा तङनाम २०७५ हुँदै

Hollywood Khabar June 21,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपालीहरु चाड र पर्वका धनी मात्र होइनन चाड-पर्वप्रेमी पनि छन्। त्यसमा पनि नेपाल बाहिरका नेपालीहरु भने झनै बढी मनाउँछन् चाड-पर्व। चाड सानो या ठूलो हुँदैन त्यसैले सबै नेपाली समुदाय मिलेर मनाउने चाड-पर्वको मौलिकता नै नेपालीत्व हो।

यसै प्रसङ्गमा लिम्बू समुदायको मौलिक चाड सिसेक्पा तङनाम (श्रावण सक्रान्ति) अब केवल लिम्बूहरुको मात्र होइन यो त सम्पूर्ण नेपाली जातिको हो। त्यसैले हरेक चाड-पर्व खुसीले मनाउनु पर्छ भन्ने मान्यता नै नेपालीको पहिचान हो।  

सिसेक्पा तङनाम २०७५ को आयोजक किरात याक्थुंङ चुम्लुङ क्यालिफोर्निया अमेरिकाले निशुल्क रुपमा आयोजना गरेको सिसेक्पा तङनाम मनाउन आयोजकहरुले सबैलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ।

कार्यक्रम निशुल्क हो तर पनि सहयोगी मनहरुको स्वेछिक सहयोग स्वीकारिने कुरा आयोजकहरु बताउँछन।

कार्यक्रम जानकारी:
जुन ३०, २०१८ शनिबार
समय: १०:१५ देखि साँझ ५:०० बजे सम्म
सम्मस्थान: 740 Central Ave, Alameda, CA 94501 WASHINGTON PARK ALAMEDA