-किरात याक्थुङ चुम्लुङ क्यालिफोर्नियाको अधिवेशन र सिसेक्पा तङनाम सम्पन्न

किरात याक्थुङ चुम्लुङ क्यालिफोर्नियाको अधिवेशन र सिसेक्पा तङनाम सम्पन्न

Hollywood Khabar July 14,2019 Comments

कृष्ण के सी/अमेरिका/७/१५/१९

किरात याक्थुङ चुम्लुङ क्यालिफोर्नियाको जुलाई १३, २०१९ मा सम्पन्न तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा तेज फोम्बोको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। यसका साथै चुम्लुङको सिसेक्पा तङनाम २०१९ समेत सोहि अवसरमा सम्पन्न भएको छ।

चुम्लुङद्वारा प्राप्त जानकारी अनुसार संयोजक डा नगेन्द्र कुरूम्बाङ, सदस्य रोशन लिवाङ र सदस्य सचिव गणेश वरुङहाङ मास्वा लिम्बु सहित तीन सदस्यीय निर्वाचन समितिले सो अधिवेशनमा निर्वाचन सम्पन्न गराएको हो। किरात याक्थुङ चुम्लुङ क्यालिफोर्नियाको तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको कार्यकाल २०१९ देखि २०२१ सम्म दुई हुने कुरा बताइएको छ।

नयाँ निर्वाचित पदाधिकारीहरुको नामावली

१) अध्यक्ष तेज फोम्बो

२) उपाध्यक्ष ज्ञानेन्द्र योङहाङ

३) उपाध्यक्ष ताराहाङ नेम्बाङ

४) उपाध्यक्ष शंकर लिम्बु (फोम्बो)

५) महासचिव कमानसिंह वनेम

६) सचिव शशी सुब्बा सुहाङ

७) कोषाध्यक्ष भिम मादेम्बा

८) सदस्य बमू सुहाङ

९) सदस्य नरविर सुब्बा नेयोङ

१०) सदस्य कविन्द्र नेम्बाङ

११) सदस्य कृष्टी फोम्बो

१२) सदस्य शाहा सुब्बा

१३) सदस्य अतित चोङबाङ

यसका साथै चुम्लुङले बिगत देखि गर्दै आएको चाड सिसेक्पा तङनाम २०१९ समेत सोहि अवसरमा सम्पन्न गरेको छ।

तङनाम २०१९ मा नेपालबाट आउनु भएका विशेष अतिथि पूर्व माननीय राज्यमन्त्री डम्बरसिंह सम्वाहाम्फे लगायत क्यालिफोर्निया स्टेटको विभिन्न सिटीहरूबाट उपस्थित विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरू, पत्रकार लगायतको उपस्थितिले कार्यक्रम अत्यन्तै भव्य, शव्य र मनोरञ्जनात्मक रुपमा सम्पन्न भएकाले कुरा आयोजकहरुले उल्लेख गरेका छन्। सो अवसरमा उपस्थित सबैमा आयोजक किरात याक्थुङ चुम्लुङ क्यालिफोर्निया अमेरिकाले हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको छ।

लिम्बुहरुको मुन्धुम विधि अनुसार सिसेक्पा तङनामको उद्घाटन विशेष अतिथिबाट भएको थियो। त्यसैगरी निर्वाचन समितिका संयोजकबाट नवनिर्वाचित पदाधिकारीहरुको नामावली घोषण, प्रमाणपत्र हस्तान्तरण तथा सपथ ग्रहण कार्य सम्पन्न समेत भएको थियो। निःवर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा लिम्बु समुदायको ऐतिहासिक खेल पकःलुङ (छेलो) खेल सम्पन्न भयो। यसबाट विजेता कमानसिंह वनेम भएका थिए। लिम्बु समुदायकै ऐतिहासिक खेल हाँडी फुटाउने खेलमा भने अञ्जु सुब्बा विजेता भइन। यसका अलवा सांस्कृतिक कार्यक्रम केःलाङ च्याब्रुङ नाच र याः लाङ-धान नाच समेत भएको थियो। साथै लिम्बु समुदायसँग सम्बन्धित टिपिकल नेपाली खानाका परिकार समेत थिए।