-भर्जिनियामा नेपाली काँग्रेसका नेता तथा पूर्व उप-प्रधानमन्त्री प्रकाशमान सि‌ंह संग अन्तरक्रिया सम्पन्न

भर्जिनियामा नेपाली काँग्रेसका नेता तथा पूर्व उप-प्रधानमन्त्री प्रकाशमान सि‌ंह संग अन्तरक्रिया सम्पन्न

Hollywood Khabar November 13,2019 Comments

विजय थापा/डिसी/नेपाली कांग्रेसका पूर्व महामन्त्री,पूर्व उप-प्रधानमन्त्री एवं नेता प्रकाशमान सिंह संग भर्जिनियाका नेपाली समुदायले भेटघाट गर्नुको साथै अन्तरक्रिया कार्यक्रम गरेका छन् । नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरुले जिज्ञाशा राख्नुको साथै सिंह मार्फत नेपाली कांग्रेसलाई परामर्श, राय, सल्लाह तथा सुझाव दिएका थिए ।

नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाका अध्यक्ष रामशरण हुमागाईको सभापतित्वमा उक्त भेटघाट कार्यक्रम सम्पन्न भएको थियो । उक्त अनौपचारिक भेटघाट कार्यक्रममा नेपाली जन सम्पर्क समिति अमेरिकामा उपसभापति केशव बराल ,न्यू योर्क बाट महा सचिव मुनिन्द्र नेम्वाङ्ग ,वरिष्ठ पत्रकार हरि अधिकारी ,अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा देउजा भट्टराई ,डिसी क्षेत्रका विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले आफ्ना महत्वपूर्ण कुराहरु पूर्व उप-प्रधानमन्त्री प्रकाशमान सि‌ंह समक्ष राखेका थिए ।

कार्यक्रममा सभापति रामशरण हुमागाईले कार्यक्रम संचालन साथै कार्यक्रमको बारेमा प्रकाश पारेका थिए नेपाली जनसम्पर्क समितिका उप सभापति केशव बरालले पनि स्वागत मन्तब्य राखेका थिए। सहभागीहरुले बिशेष गरि वर्तमान सरकारको गतिबिधि, नेपाली कांग्रेसको भूमीका र अवस्था र साथै महाकाली सीमा सम्बन्धि चासो दिएका थिए । कार्यकमको सुरुवात परिचयबाट भएको थियो ।

नेता प्रकाशमान सि‌ंहले नेपालमा सबै भन्दा सस्तो समय तर अमेरिका सबै भन्दा महत्वपूर्ण भन्दै समय व्यवस्थापन गर्ने सबैलाई धन्यवाद दिएका थिए । दुई तिहाई पाएको सरकार संविधानको मर्म अनुसार चल्न नसकेको सिंहले बताए । उनले संबिधानलाई संस्थागत रुपमा अगाडी बढाउनु पर्नेमा सरकार यसलाई आलटाल गर्ने कुरामा अल्झेको बताए ।

सिंहले अगाडी भने संबिधानले दिएको अधिकारलाई सरकारले कन्जुस्याई गरेको आरोप लगाए । सिंहले प्रधानमन्त्रीले सपथ लिन साथ आफूलाई शक्तिशाली बनाउन गृह मन्त्रालयको बिभाग र अन्य बिभाग आफू संगै ल्याउन खोजेको बताए ।

नेपालको अर्थतन्त्र राम्रो अस्वस्थामा नभएको र हाल ओरालो लागेको दावी गरे । उनले नेपाली कांग्रेसले संबिधानलाई जारी गर्न सफल भएको स्मरण गराए । सिंहले ‘प्रधानमन्त्रीले आफू भ्रष्ट्राचार गर्दिन, भ्रष्ट्राचार गर्न पनि दिन्न भन्ने प्रतिबद्धता हामीले सुन्यौ। भ्रष्टचार नियन्त्रण गर्न नसकेको भन्दै सुन काण्ड, वाइडवडी जहाज काण्ड लगायतका भ्रष्ट्राचारमा मुसिएको आरोप लगाए ।

उनले अगाडी भने शान्ति सुरक्षा दिन सरकारले नसकेको र सुरक्षामा पनि सन्तोषजनक नरहेको दाबि गरे । महाकाली सीमा सम्बन्धि बिबादमा सरकार गम्भीर हुन् नसकेको उनले बताए । उनले अगाडी भने सिमा सम्बन्धि विपक्ष र जनताले आवाज उठाए पछि मात्र कान ठाडो परेको भन्दै यस्ता कुरामा सरकार संबेदनशील हुनु पर्ने कुरामा जोड दिए । दुई तिहाईको सरकार रहेता पनि जिम्मेबारी निर्वाह गर्न नसकेको आरोप लगाए।

सिंहले वर्तमान सरकार संगै नेपाली कांग्रेसको पनि अधिवेसनको चर्चा गर्दै दलका सभापतिले बिधिसम्मत र नियम सम्मत चलाउनु पर्ने बताए । यदि यसो गरिएन भने ठूलो संकट आई पर्ने बताए । उनले नेपाली कांग्रेसलाई सुधार्नु पर्ने ,प्रजातान्त्रिक पद्धति द्वारा नेतृत्व परिवर्तन समेत गर्नु पर्ने र जनताको चाहना समेत रहेको बताए ।

कार्यक्रम बीच गत महिनामा आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त डिसी क्षेत्रका भारत्तोलक रुप कार्कीलाई खादा लगाई सम्मान गरेका थिए। नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति रामशरण हुमागाईले सबैलाई धन्यवाद दिएका थिए ।

नेता सिंह वीर गणेशमान सिंह नामक चलचित्रको अमेरिकामा प्रदर्शनीका क्रममा न्यूयोर्क आइपुगेको समयमा भर्जिनिया आई पुगेका हुन् । नेपाली लोकतान्त्रिक आन्दोलनका सर्वोच्च नेता आफ्ना पिता गणेशमान सिंहको जीवनीमा आधारित ‘वीर गणेशमान’ नामक चलचित्र अमेरिकाका विभिन्न शहरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । यसैगरी नेता सिंह संगै अर्का नेता राजुराज जोशी पनि अमेरिका आएका छन् ।