सिनेटले २ ट्रिलियन डलरको कोरोना प्रभाव आर्थिक राहत प्याकेज पास गर्यो

सिनेटले २ ट्रिलियन डलरको कोरोना प्रभाव आर्थिक राहत प्याकेज पास गर्यो

Hollywood Khabar March 24,2020 Comments

गत हप्ता देखि रोकिएको राष्ट्रपति डनल्ड ट्रम्पको प्रस्तावित कोरोना भाइरस आर्थिक राहत प्याकेज सिनेटले पास गरेको छ। खासगरी रिपब्लिकनहरुले ब्यबसायीलाइ आधार मानेर राहत प्रस्ताव गर्ने र डेमोक्र्याटिकहरुले कामदार र अमेरिकी परिवारहरुलाई आधार मानेर राहत प्रस्ताव गर्ने हुनाले सो प्रस्ताव रोकिएको थियो। अन्तत मार्च २४, बुधबार पछिल्लो घडिमा पुगेर सो संझौता पास भएको छ।

२ ट्रिलियन डलरको यो आर्थिक प्याकेजले अमेरिकी अर्थतन्त्र, फ्रन्ट लाइन वर्कर, स्वास्थ्य संस्था र अमेरिकी परिवारहरुलाई राहत पुग्ने विश्वास सिनेटको छ। CNN का अनुसार अमेरिकी इतिहासमा नै यो सबैभन्दा ठूलो आर्थिक राहत बजेट हो। सिनेटले बाइ पार्टेशनको संझौता अनुसार यो निर्णय ल्याएको हो।

कोषको २५० बिलियन डलर एरिकी व्यक्ति र परिवारहरुको लागि प्रत्यक्ष दिनको लागि छुट्याइएको छ। ३५० बिलियन डलर चाहिं साना ब्यबसायलाइ रिण प्रदान गरेइने छ। २५० बेरोजगारी विमा सुविधाको लागि प्रदान गरिने छ। ५०० बिलियन डलर ठूला कम्पनीहरुको रिणका लागि छुट्याइएको छ। यो राहतले राष्ट्रपति, राष्ट्रपतिका परिवार सदस्य, कंग्रेस म्यान-वम्यान र उच्च सरकारी अधिकारी र उनीहरुको लगानी रहेका ठाउँमा यो राहत लागु हुने छैन।