तस्बिर वेब

सीमाक्षेत्रमा भारतीय पक्षबाट हुने अवरोध अन्त्य गर्न प्रदेशसभा सदस्यहरुको माग

Hollywood Khabar February 14,2019 Comments

४ फागुन धनगढी।शुक्रबार प्रदेश सभा बैठकको विशेष समयमा बोल्ने सांसदहरूले भारतीय पक्षबाट हस्तक्षेप हुने गरेको बताउँदै त्यसको समाधानको पहल गर्न आग्रह गरेका हुन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा सांसद बिरामान चौधरीले कैलालीको कैलारी गाउँपालिकानजिक दशगजामा भारतीय पक्षले ड्याम लगाएको भन्दै प्रदेश सरकारलाई जानकारी गराएका थिए। 

नेपाली पक्षसँग समन्वय नै नगरी भारतीय पक्षले ड्याम बनाउँदा करिब ८६ घर डुबानमा पर्ने उनले बताए। ‘भारतीय पक्षले करिब २ किलोमिटर ड्याम खनेको छ। कसैको नजर पुगेको छैन’ सांसद चौधरीले भने, 'यस्तै अवस्था रहने हो भने करिब ८६ घर परिवार डुबानमा पर्ने देखिन्छ।’ प्रदेश सभा बैठकमा प्रदेश सरकारको काम कारबाहीको समेत प्रतिपक्षी दलले आलोचना गरेका थिए। 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले ऊर्जामा नागरिकरको सहभागिता हुने कार्यक्रम प्रदेशमा पनि लागू गर्नुपर्ने बताए। ‘सुदूरपश्चिममा ऊर्जाको ठूलो सम्भावना छ’ तामाङले भने,'कार्यक्रम अब प्रदेशमा पनि लागू हुनुपर्छ।' शुक्रबारको बैठकमा ‘सुदूरपश्चिम प्रदेशमा वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गरिएको विधेयक २०७५’ मा सामान्य छलफल गरिएको थियो।