photo web

सिक्लेसको विकासका लागि आफूले नैतिक तथा भौतिक रुपमा जिम्मेवारी लिने–अध्यक्ष प्रचण्ड

Hollywood Khabar December 09,2018 Comments

२४ मंसीर पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिक्लेससम्म जाने बाटो पक्की गर्न आफूले सहयोग गर्ने बताएका छन् । सोमबार मादी गाँउपालिका र पोखरा उपमहानगरपालिका–४ अन्तर्गत विजयपुर खोलामा पुलको शिलन्यास गर्दै अध्यक्ष प्रचण्डले सिक्लेस आफूहरुका लागि ऐतिहासिक ठाउँ भएको भन्दै उक्त ठाउँको विकासका लागि आफूले नैतिक तथा भौतिक रुपमा जिम्मेवारी लिने बताए ।

‘पहिलो पटक शान्ति प्रक्रियामा आउँदा हामी सिक्लेसबाट काठमाडाैं गएका थियौँ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यतिबेला गृहमन्त्रीका हिसाबले कृष्णप्रसाद सिटौला हामीलाई लिन आउनुभएको थियो ।’‘शान्ति सम्झौता भएर, संविधान घोषणा भएर निर्वाचन सम्पन्न भएर नयाँ राजनीतिक परिस्थितिमा एकचोटी फेरि त्यो ऐतिहासिक गाउँ सिक्लेसमा हामी जाँदै छौँ’, अध्यक्ष प्रचण्डले भने ।