कृष्ण के सी, अमेरिका, अक्टुवर २०, २०१८
चलेका एकजना पत्रकार साथीले भन्नुभयो, तपाइले त अलिकति ऋषिमुनी शुक्राचार्यको शुक्र नीति हेर्नुहोस।
राक्षसका पनि गुरु (असुराचार्य) शुक्राचार्यको नीति पनि के पढ्नु अलिक धीत खुलेन। तर पनि मन्नकै लागि भए पनि २ घण्टा लगाएर खोजीमर्दा जम्मा एउटा मात्र शुक्र नीति पढियो। शुक्र नीति मैले सोचे जस्तो पटक्कै होइन रहेछ। अलिकति चासो बढ्यो अनि खोजी गर्दै गएँ झन् पढ्ने इच्छा बढेर गयो, त्यसपछि त नेपालीमा नै पाउने रहेछ किताब नै मगाइयो।
किताबमा तुलसी आचार्यको ब्याख्या अनुसार- राम र कृष्ण दुवै बिष्णुका अवतार हुन्। दुबैजनाले धर्मको रक्षार्थ अवतार लिनुभएको हो। राम र कृष्णको फरक भनेको जम्मा जम्मी एउटा मात्र छ त्यो हो कार्यनीति। रामले धर्मनीतिको सहारा लिनुभयो भने कृष्णले कुटनीतिको। शुक्र नीतिमा ती दुवै तरिकाको ब्याख्या रहेछ। विशेष गरेर राजनीति र समाज सेवामा लागेकाहरुले यो नीति बढ्नु उपयुक्त रहेछ।
असुर अर्थात राक्षसहरुका गुरु शुक्राचार्य। गुरुले शुक्राचार्यले राज्य संचलानबारे बनाएको धार्मिक बिधान नै शुक्र नीति हो। त्यो समय राज नै मुख्य हुने हुनाले राजालाई आधार मानिएता पनि वर्तमान अवस्थामा शाशकहरुको लागि यो गतिलो सिकाइ हुन सक्छ। गुरुकै नीतिका कारण वारंवार देवताहरुलाइ असुरहरुले परास्त गरेको भनिएको छ।
समय अनुसार नीतिमा बदलाव हुनुपर्छ, नियम र सिद्धान्तहरुमा पनि बदलाव गर्नुपर्छ। यो नै कुशल नीतिकारहरुको कौसलता हो। अनि यसका लागि हरेक बिषयहरुको गहिरो अध्यन र चिन्तन/छलफल गर्नु जरुरि मानिन्छ। तेही चिन्तन भएका कारण नै सबै भन्दा उत्कृष्ट नीति नै असुराचार्य शुक्रनीति मानिदो रहेछ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता