-तस्विर वेब

श्रीमान श्रीमती नै लागूऔषधसहित पक्राउ

Hollywood Khabar December 08,2018 Comments

२३ मंसीर काठमाण्डौं।प्रहरीले लागू औषधसहित श्रीमान श्रीमती नै काठमाडौँबाट पक्राउ गरेको छ।काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका–२ का ३२ वर्षीय सन्तोष अवस्थी र उनकी  पत्नी २७ वर्षीया निलु अवस्थीलाई नियन्त्रित लागूऔषध डाइजेपाम र फेनारगन ३० एम्पुलसहित शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूले बिक्री लागि उक्त लागूऔषध कोठामा लुकाएर राखेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको टोलीले दुवैजनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।