साङ्केतिक तस्बिर ;साभार वेब

श्रीमानको हत्या गरेको आरोपमा श्रीमति पक्राउ

Hollywood Khabar July 10,2019 Comments

२६ असार सुनसरी।धारिलो हतियार दाउ प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले मृतककै श्रीमतीलाई पक्राउ गरेको छ। सुनसरी ईनरुवा नगरपालिका-७  खिरखिरिया मुसहरी टोल बस्ने २४ वर्षीया बिमला ऋषिदेवलाई श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

गत वैशाख ८ गते राति उनका श्रीमान २४ वर्षीय मुकेश ऋषिदेबको आफ्नै घरमा तत्काल नाम, थर नखुलेका व्यक्तिले दाउ प्रहार गरी कर्तब्य गरी मारेको घटना बाहिर आएको थियो।घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मृतक मुकेशकी श्रीमती बिमलाले नै हत्या गरी भागी फरार भएको भन्ने खुल्न आएको छ।तत्पश्चात खटिएको प्रहरीले गाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।