-थाइल्यान्डको पटयामा दशकौ कलाकारिता सम्मान लिंदै अभिनेता श्रीदेब भट्टराई

नायक श्रीदेब भट्टराईले थाइल्याण्डमा ‘दशकौ कलाकारिता सम्मान’पाए 

Hollywood Khabar January 07,2020 Comments

२३ पुस,काठमाडौं।अभिनेता श्रीदेब भट्टराई थाइल्याण्डमा ‘दशकौ कलाकारिता सम्मानबाट सम्मानित भएका छन्।वल्डवाइड मिडिया नेटवर्कले थाइल्यान्डको पटयामा आयोजना गरेको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा नायक श्रीदेब भट्टराई ‘दशकौ कलाकारिता सम्मान’ बाट सम्मानित भएका हुन् ।भट्टराईलाई थाइल्याण्डका प्रसिद्द पर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम बरिष्ठ गायक सीताराम पोखरेल तथा ३६ वटा गीत एकैपटक सार्वजनिक गरि ‘वल्ड बुक अफ रेकर्ड’मा विश्व कीर्तिमानी गीतकार डा डिआर उपाध्यायले  ग्लोबल इन्टरनेशनल अवार्ड ,सम्मान पत्र तथा ट्रफी प्रदान  गरेका हुन् । 

भारतको मुम्बईमा तिनबर्ष चलचित्र सम्बन्धी तलिम  लिएका नायक भट्टराईले चलचित्र ‘वनबास’, चलचित्र ‘भाइमारा’  अभिनय गरेका छन्।चलचित्र ‘न्यु जेनेरेशन’ मा डबल रोलको भूमिकामा अभिनय गरेका नायक भट्टराईले चलचित्र छल, चाल, ढुंगेयुग –२, बिरानो माया, कुईनेटो, सुकुलगुण्डा लगायतका चलचित्रमा काम गरेका भट्टराईले चलचित्र, म्युजिक भिडियो र नाटक विधाबाट विभिन्न समयमा अवार्ड समेत पाउँदै आएका छन् ।भट्टराईले  मोडल सङ्स् नेपाल, पेजेन्ट नेपाल र ईनास दुबईको संयुक्त आयोजना दुबईमा सम्पन्न अवार्डमा चलचित्र विरानो मायाबाट उत्कृष्ट नायकको अवार्ड प्राप्त गरेका थिए।तेस्तै मिडिया ईन्टरनेशनलले आयोजना गरेको क्यापिटल म्युजिक अवार्डमा उत्कृष्ट मोडलको अवार्ड प्राप्त गरेका थिए । तेसैगरी सगरमाथा म्युजिक अवार्डबाट उत्कृष्ट मोडल अन्तर्गत जुरी अवार्ड र म्युजिक खबर म्युजिक अवार्डबाट उत्कृष्ट मोडलको अवार्ड हात पारेका छन् । यसैगरी उनले थाईल्याण्डमा सम्पन्न छायाछवि इन्टरनेशनल फिल्म एण्ड अनर अवार्ड लगायतका अवार्डहरु प्राप्त गरेका छन् ।

पछिल्लो समय भट्टराईलाई गीतकार सङ्घ नेपाल सम्मान, पेजेन्ट नेपाल सम्मान, नमस्ते अल ईन्टरनेशनल सम्मान, नेपाल कल्चरल फिल्म सम्मान, मिडिया ईन्टरटेनमेन्ट चलचित्र सम्मान, स्टार वान एक्सिलेन्स् अनर एण्ड अवार्ड लगायतका सम्मान पाएका छन् ।तेस्तै  कतारको बहु प्रतिष्ठित कम्पनी स्टार ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा नायक श्रीदेव भट्टराईले बेष्ट डिसिप्लेन अवार्ड अफ द यिएर पाएका थिए ।

भट्टराईले एघारौं डी सिने अवार्ड २०७६, मोडल सङ्स युएई अवार्ड २०७५, म्यूजिक खबर म्यूजिक अवार्ड, पहिलो अन्तराष्ट्रिय छायाँछवि अनर अवार्ड थाइल्याण्ड, नाट्याश्वरी म्यूजिक अवार्डका अवसरमा उत्कृष्ट कला सम्मान, स्टार क्रियशन अवार्ड जस्ता धेरै अवार्ड पाएका छन् ।सडक नाटकदेखि आफ्नो करिअर अघि बढाएका अभिनेता श्रीदेव भट्टराई नमस्ते अल इन्टरनेशल ग्रुप प्रमोशनका लागि ब्रान्ड एम्बेसडर हुन् ।