उपसभामुख शिवमाया तुम्बाहाङ्फे

शिवमाया तुम्बाहाङ्फेले दिईन् उपसभामुख पदबाट राजीनामा

Hollywood Khabar January 19,2020 Comments

६ माघ काठमाण्डौं।शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनु भएको छ।सोमबार बसेको प्रतिनिधि सभाको संसद बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनु भएको हो।राजीनामा दिँदै उहाँले दुई वर्षसँगै रहेर काम गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनु भएको छ। 

उपसभामुखले राजीनामा दिएसँगै सभामुख चयनको प्रकृया पनि अब अघि बढ्ने छ।उप सभामुखको राजीनामासँगै बैठक फेरि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।आजै दिउँसो १ बजेपछि बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्नु हुने छ।बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ।सचिवालय स्रोतका अनुसार यही माघ ८ गतेका लागि सभामुखको चुनाव हुने सम्भावना छ।

सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया आज सुरु नगर्ने भएको छ।सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।मुख्य विपक्षी दल काङ्ग्रेसले भने सभामुखमा पुष्पा भुषाललाई उठाउने तयारी गरेको छ।सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ।