शिल्पा

शिल्पाको रिट खारेज∶पक्राउगरि अनुसन्धान गर्न बाटो खुल्यो

Hollywood Khabar November 11,2019 Comments

२७ कार्तिक काठमाडौं।सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ।सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो। रिट खारेजीपछि शिल्पालाई छविसँगको बहुविवाह प्रकरणमा पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुलेको छ ।

जिल्ला र उच्च अदालतले पक्राउका लागि प्रहरीलाई अनुमती दिएपछि त्यसविरुद्ध शिल्पाले सर्वोच्चमा रिट दिएकी थिइन् । चलचित्र निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहमा दिएको जाहेरीका आाधार शिल्पालाई प्रहरीबाट पक्राउ पूर्जी जारी भएपछि आफूलाई पक्राउ पुर्जी जारी गर्ने कार्य कानुन बमोजिम नरहेको दाबीसहित सर्वोच्चमा रिट दायर भएको थियो । 

आफूलाई पक्राउ गरे अपुरणीय क्षति हुने भन्दै रोक्न उनको माग थियो । शिल्पा छविकी कान्छी पत्नी हुन् । रिट खारेज भए पनि आदेश आउन भने बाँकी छ ।