-क्यालिफोर्निया शेर्पा एशसिएसनको ल्होसार कार्यक्रम कोरोना संक्रमणका कारण रद्द

क्यालिफोर्निया शेर्पा एशसिएसनको ल्होसार कार्यक्रम कोरोना संक्रमणका कारण रद्द

Hollywood Khabar March 09,2020 Comments

कृष्ण के सी/अमेरिका/३/१०/२०

क्यालिफोर्निया शेर्पा एशसिएसनले आगामी मार्च २८, २०२० मा हुने भनिएको ल्होसार कार्यक्रम २०२० रद्द गरेको छ। विश्वब्यापी रुपमा संक्रामक हुदै गैरहेको कोरोना भाइरसको कारण सबैको स्वास्थ्यलाई ध्यानमा राखेर सार्बजनिक स्थलमा गरिने ठुला भेलामा भाइरसको संक्रमणको संभाबना धेरै हुने बिज्ञहरुको सुझाब छ।

स्थानिय सिटी र अमेरिकी केन्द्रिय सरकारी स्तरबाट समेत भएका संक्रमण र साबधानीका शन्देशहरुलाई ध्यानमा राखेदै क्यालिफोर्निया शेर्पा एशसिएसनले यो निर्णय लिएको हो कुरा जानकारीमा बताएको छ। स्थितिमा सुधार आएर अर्को सूचना ननिकाले सम्म कुनै पनि अन्य कार्यक्रमहरु समेत नगर्ने कुरा पनि एशसिएसनका अध्यक्ष लाक्पा देण्डी शेर्पाद्वारा जारी सूचनामा जनाइएको छ।