शेर्पा किदुक मलेसियाको २१४५ औं ग्याल्पो लोसारमा हार्दिक निमन्त्रणा

Hollywood Khabar December 06,2017 Comments

कृष्ण के सी/अमेरिका
शेर्पा किदुक मलेसियाको आयोजनामा सफो खि-लो २१४५ औं ग्याल्पो लोसार कार्यक्रम आगामी फेब्रुअरी १६, २०१८ मा भब्य रुपमा हुन गइरहेको कुरा आयोजकहरुले जानकारी दिनुभएको छ।
नेपाली दुतावास मलेसियाका अाचार्य भानु सिद्धार्थ तेन्डु शेर्पाको प्रमुख अतिथ्यमा हुने उक्त कार्यक्रममा नेपालका बिश्वमै सर्वाधिक उचाइमा डिजे गरेर बिश्व कीर्तिमान राखेका डिजे छेवाङ शेर्पा पनि हुनुहुनेछ। डिजे छेवाङले  सन् २०१६ को अक्टोबर २७ मा मनाङ  जिल्लाको  थोरङ्ला पासको ५ हजार ४ सय १६ मिटर उचाइमा डिजे गर्न सफल नेपालकै चर्चित डिजे हुनुहुन्छ।
त्यसैगरी ABC टेलिभिजनका कार्यक्रम संन्चालिक  निम्लेकी शेर्पा र सेलो तथा अाधुनिक नव गायक वङमु लामा शेर्पा,  अाङ फुरी शेर्पा साथमा  स्थानीय कलाकारहरुको प्रस्तुति हुनेछ।
आयोजकहरुले मलेसियामा कार्यरत सम्पुर्ण नेपालीहरु तथा किदुगलाई माया गर्नुहुने शुभचिन्तक, शुभेच्छुक सबैमा हार्दिक निमन्त्रणा गरेको छ।
बुद्ध जन्मेको देश हाम्रो नेपाल अनि हामी नेपाली हामी सबैमा गर्बको कुरा हो। बुद्ध जन्म भुमी देश नेपाल अनि हाम्रो आ- आफ्नै संस्कार-सस्कृतीलाई जोगाउनु यसलाई नेपाल बिश्व सामु चिनाउनका निमित्त पनि शेर्पा किदुक जोड्दारका साथ लागि परेको कुरा आयोजकहरुले बताउनु भएको छ।
अन्तमा शेर्पा किदुकले सबैलाई हार्दिक स्वागत तथा निमन्त्रणा गरेको छ!
मिति - फेब्रुअरी १६, २०१८
स्थान -  Hang Lekiu, Areraa Star Loxary Hotel, Kaula Lampur, Malaysia समय - बिहान १० बजे देखि
सथामा खान चिया नास्ताको ब्यवस्था रहेको छ ।
प्रवेश शुल्क - RM -  ३०/-मात्र
सम्पर्कको लागि
ङवाङ नुरी शेर्पा पुर्ब अध्यक्ष - (01128804981)
दावा जाङबु शेर्पा सचिव - (601139251452)
पेमा टि शेर्पा कोषाध्यक्ष - (01123060651)
तेन्जी शेर्पा वर्तमान   अध्यक्ष - (01133453522)