नेपाली भाषा क्लासको सहयोगार्थ सान फ्रान्सिस्कोमा शत्रु गत्ते प्रदर्शन

Hollywood Khabar March 27,2018 Comments

कृष्ण के सी/सान फ्रान्सिस्को
नेपाली जनसम्पर्क समिती अमेरिकाको नर्दन क्यालिफोर्निया च्याप्टरको अनुरोध/प्रस्ताव आयोजनामा गत बर्ष देखी लायन्स क्लबले माउण्टेनभ्यू, क्यालिफोर्नियामा नेपाली भाषा क्लास संचालन गर्दै आएको छ।
हरेक महिनाको पहिलो र तेश्रो आइतबार संचालन हुने नेपाली भाषाको क्लासमा ८० जना बिधार्थीहरुको रजिस्ट्रेशन छ। त्यसमा ५५/६० जना बिधार्थीहरुले भने नियमित रुपमा नेपाली भाषाको क्लास लिंदै आएका छन्। उसो त नेपाली भाषा बाहेक नेपाली कला-संस्कृति, नृत्य लगायत क्लास पनि सोही समयमा संचालन हुँदै आएको छ।
यस बाहेक नेपाल देखि आएका परिवारका बाबु-आमा जस्ता जेष्ठ नागरिकहरुको लागि सोही समयमा चौतारीको समेत ब्यबस्था गरिएको छ। चौतारीमा आफ्नो परिचय, कथा-ब्यथा, जस्ता रमाइला कुराहरु शेयर हुन्छ।
कार्यक्रमका संयोजक नारायाण खनालका अनुसार भाषा क्लासको लागि हाल सम्म २ जना पेड शिक्षक राखिएको छ भने एक दर्जन जति भोलेण्टर शिक्षकहरु हुनुहुन्छ। अब बिधार्थीको संख्या र उपस्थिति हेर्दा अलिकति बजेट बढाउनु जरुरी भएकोले चर्चित शत्रु गत्ते मूभी प्रदर्शन गर्न लागिएको हो। चर्चित कलाकार किरण के सीको शत्रु गत्ते मह संचारधारा निर्मित मूभी हो। हास्य क्षेत्रका सम्राट मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण के सी लगायत कलाकारहरुको बेजोड प्रस्तुती हो छ यो मूभीमा।
कार्यक्रम आगामी अप्रिल १, २०१८ का दिन, 200 Serra Way, Milpitas, CA 95035 मा दिनको २ बजे देखी सुरु हुनेछ। सहयोगार्थ टिकेट $20.00 मात्र।
आयोजक संयोजक नारायाण खनाले समैलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ।