तिम्रो जस्तै जञ्जीरले कसिएको हात थियो 

0
shares

by Soni Sharma | Updated: 12 Apr 2019

299 views
-सांसद शान्ता चौधरी। 

जब मैले तिमीलाई बाँधीएको देखें
आफ्नै बिगत संझिएर एउटा टुक्रा लेखें

तिम्रो जस्तै जञ्जीरले कसिएको हात थियो 
हाम्रा लागि दिन पनि निस्पट्ट रात थियो ।।

मुक्त आकाश खोज्दै हौला कठ्ठै आज तिमी पनि
चिरवीर आवाज सुनिदिने को होलार तिम्रो अनि ।।।