साङ्केतिक तस्बिर ;साभार वेब

शंखमुलको शानदार मःम सेन्टरमा आगलागी

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ काठमाडौं।शंखमुल स्थित शानदार मःम सेन्टरमा आगलागी भएको छ।शंखमुलको शानदार मःम सेन्टर नामक रेस्टुरेन्टमा रेगुलेटर जोड्न लाग्दा ग्यास लिक भएर आगलागी भएको हो।आगलागीबाट तीनजना घाइते भएका छन् ।

वानेश्वर प्रहरीका मनोज सिंह बोहराका अनुसार रेगुलेटर जोड्न लाग्दा ग्यास लिक भएर आगलागी भएको हो।आगलागीबाट ग्यास जोड्ने कामदार रामकृष्ण बुढाथोकी घाइते भएका थिए।सहि बोहराका अनुसार घाइते बुढाथोकीलाई उपचारका लागि किर्तिपुर अस्पताल लगिएको छ।

आगलागीबाट लगभग ५० लाख बराबरको क्षति भएको रेस्टरेन्ट धनी टेकनारायण श्रेष्ठले बताउनुभयो।तीनतले घरमा भएको आगलागीबाट पुच्छारको तल्लामा रहेको मःम सेन्टर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

यस्तै आगलागी हुँदा माथिल्लो तल्लामा रहेकी एक महिला ज्यान जोगाउन हामफाल्दा उनी पनि घाइते भएकी छन्।प्रहरी अनुसार उनी आगो नियन्त्रणमा आइसकेपछि हामफालेकी थिइन्।यस्तै अर्का एक कामदारलाई पनि सिसा फुटेर लाग्दा सामान्य घाइते भएका छन्।