-NRNA अमेरिका चुनाब:शंकर खड्का ICC सदस्यका दरिला उम्मेद्वार

NRNA अमेरिका चुनाब: पूर्व सचिव शंकर खड्का ICC सदस्यका दरिला उम्मेद्वार

Hollywood Khabar April 27,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२८/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा पूर्व सचिव शंकर खड्का ICC सदस्यका लागि उम्मेद्वार भएका छन्।

रामेछापको एक दुर्गम गाउँमा जन्मेका खड्का आफू राजनैतिक परिवारबाट आएको बताउँछन्। कलेज देखि नै राजनीतिमा सकृय खड्का सामाजिक काममा पनि अग्रसर छन्। आफ्नै नेतृत्वमा संस्थापक अध्यक्ष भई रामेछापको सुनापती गाउपालीकामा सुनापती सहिद बहुमुखी क्याम्पसको स्थापना गराएको कुरा उनले हलिउडखबरसँगको कुराकानीमा बताए।

नेपालमा रहदा सामाजिक र राजनिती संगै पर्यटन ब्याबसायी पनि गर्थे भन्छन खड्का। उसो त नेपाल बिधार्थी संघको राजनिती हुदै तरुणदल केन्द्रमा समेत बसेर काम गरेको बताए। उनी तरुण दलको केन्द्रीय प्रतिनिधि भएर अमेरीकामा तरुण दल अमेरीका शाखा गठन गर्न आएको स्मरण गराउँछन्।

खड्का सान फ्रान्सिस्को बे एरियामा रहेका संघ-संस्थामा समेत संबद्ध छन्। खड्काले एनआरएनए एनसीसी अमेरिकाको २०१५-२०१७ कार्यकालमा सचिबमा निर्वाचित रहेर काम गरेका हुन्। यस बाहेक आईसीसीको बिभिन्न टास्क फोर्समा बसेर काम गरेको अनुभव पनि छ खड्कासंग।