शक्ति बढाउन बालक बलि दिन उक्साउने फरार झाँक्री पक्राउ

0
shares

by Soni Sharma | Updated: 17 Aug 2019

94 views
तस्बिर साभार वेब

३२ साउन धनुषा।शक्ति बढाउन बालकलाई बलि दिन उक्साएको आरोपमा एक झाँक्री पक्राउ परेका छन्। वैशाख २३ गते धनुषाको मिथिला नगरपालिका-६ बस्ने सम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको बलि दिएको घटनामा मुछिएपछि फरार रहेका ५५ वर्षका झाँक्री जंगली महतो पक्राउ परेका हुन्।पक्राउ परेका झाँक्री मिथिला नगरपालिका-७ कुसुमबिसौनाका बासिन्दा हुन ।

घटनापछि फरार झाँक्री महतोलाई बिहीबार रक्षा बन्धनको दिन घरबाटै ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।पक्राउ परेका झाँक्रीमाथि अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो।

शक्ति बढाउन भन्दै झाँक्री विद्या सिक्दै गरेका छिमेकी गाउँका  ५५ वर्षीय सत्रुधन महतोले गएको वैशाख २३ गते राति बालक आर्यनलाई घरेलु हतियार प्रयोग गरी घाँटी रेटेर बलि दिएका थिए।घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको सूक्ष्म अनुसन्धानको क्रममा छिमेक झाँक्री सत्रुधन महतोले यौनशक्ति बढाउन बालकको बलि दिएको खुलासा भएको थियो।