-रिहा भएका केसी र विश्वकर्मा

‘श्रीमान गम्भीर नेपाली‘ बजाउँदा पक्राउ परेका दुइ युवा बिनाशर्त छुटे 

Hollywood Khabar May 18,2019 Comments

६ जेठ,काठमाडौं।पुरानो राष्ट्रिय धुन ‘श्रीमान गम्भीर नेपाली‘ बजाउँदा पक्राउ परेका दुइ युवा बिनाशर्त छुटेका छन्।सरकारले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा बुटवलबाट पक्राउ परेका शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाइ चौतर्फी दबावपछि सोमबार साँझ  बिना सर्त छोडेको हो।

गत २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित भेलामा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको र गणतन्त्र मुर्दाबाद भनेकै कारण प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्धा चलाएको थियो।पक्राउ परेका प्रितमले प्रहरी हिरासतमै अनसन शुरु गरेका थिए।शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले केसी र  विश्वकर्मालाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।गैरकानूनी रुपमा हिरासतमा लिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।सोहि बमोजिम  केसी र विश्वकर्मा बिनाशर्त रिहा भएका हुन्।