दिपक अभिमन्यू

गजल शहरको भीडमा तिमलाई खोज्दै

Hollywood Khabar November 09,2018 Comments

शहरको भीडमा तिमलाई खोज्दै चौराहमा उभिएर हेर्दैछु!
कस्ले के भन्छन् त्यो कोलाहलमा सुन्दै सम्हालिएर हेर्दैछु !

मन्दिरमा भगवान हुन्छ भन्छन् मान्छेहरु यस्तै सुन्दै आएँ 
मेरो मनको मन्दिरमा तिमी छौकि छैनौ अतालिएर हेर्दैछु !

चोखो मनले चाहेदेखि हरचिज पुरा हुन्छ भन्छन् सबै यहाँ
यो वर्तमानलाई रंग्याउन त्यो ईतिहासमा अडिएर हेर्दैछु !

तिमीभित्रै संसार देखेपछि अरु बाँकी के नै रह्यो र सोच्नु ? 
कस्तो हुँदोरैछ तिमीलाईनै सारा खुशी खन्याईदिएर हेर्दैछु !