-NRNA NCC USA: शाह र लम्सालको पक्षमा ध्रुवीकरण

NRNA NCC USA: शाह र लम्सालको पक्षमा ध्रुवीकरण सुरु, मैदान छोडेको छैन:थापा

Hollywood Khabar April 16,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनको लागि नोमिनेशन सुरु भएको पहिलो दिन आपसी समिकरण र ध्रुवीकरणको लागि दिन पुरै खर्चियो।

सुरुमा सुनिल शाह, संजय थापा, डा आर्जन बन्जाडे, सुर्य लम्साल र बिनोद तिवारीगरि पाँच जना उम्मेदवार मैदानमा रहेकोमा घट्दै गएर अब लगभग तीनजनामा पुगेका छन्। अन्तत यो पंक्तिकारको अध्ययनले चाहिँ जम्मा दुइजना मात्र अध्यक्षका उम्मेदवार हुनेछन भन्ने आधारहरु प्राप्त गरेको छ।

हुन त यो कुरा मैले डीप अध्ययन गरेर गत फेब्रवरीमा नै लेखेको थिएँ। तर त्यो बेला थुप्रै पत्रकार साथीहरु मात्र होइन राजनैतिक क्षेत्रकाहरुले पनि कम्प्लेन गरेका थिए। तर थुप्रै कोणप्रतिकोणबाट एनालाइसिस गरेको कुरा मिथ्या हुने संभावना कम नै हुन्छ।

पछिल्ला दिनहरुमा खासगरी नेपाली समुदायका अगुवाहरुको फोन उत्पातै तातेको छ। धेरै कुरा गरेर होला एकजनाको त स्वर नै बसेको थियो। अन्तत समीकरण र ध्रुविकरण भने चरम रुपमा बन्दै गएको छ।

पहिलो समीकरण सुनिल शाह र डा अर्जुन बन्जाडेको बनेको कुरा आएको छ। प्रस्ताव अनुसार अध्यक्षका प्रत्यासी डा अर्जुन बन्जाडे सुनिल शाहको बरिष्ठ उपाध्यक्ष भएर जाने सहमति भएको कुरा। तर त्यससंगै सुनिल शाहको बनेको टिममा ध्रुवीकरण पनि आएको छ। पहिला देखि संगै गएका बरिष्ठ उपाध्यक्षका आकांक्षी अमृत सापकोटालाइ चोट पुगेको छ। सापकोटाले आफू मैदान नछोड्ने कुरा बताएका छन्। त्यो अर्थमा प्यानलमा परे पनि डा अर्जुन बन्जाडेलाई बिजयको मार्ग सजिलो भने हुने छैन।

दोश्रो समीकरण हो सुर्य लम्साल र संजय थापाको। पछिल्लो समयमा जनजाति समुदाय र एनआरएन अभियन्ताहरुको सकृयतामा यो समीकरण मिलाउने प्रयास भएको पाइएको छ। यसबाट धेरैले अनुमान गरको संजय थापा सुर्यको बरिष्ठमा जालान भन्ने छ। तर नतिजा भने त्यो भन्दा फरक हुने अनुमान छ। संजय थापा कि त अध्यक्षमा जान्छन कि भने चुनाब नै लड्दैनन, अरु कसैलाई पठाउँछन् ।

तेश्रो चाहिं समीकरण होइन ध्रुवीकरण हुने संभावना बढेको छ। सुनिल शाहको टिममा रहेका बरिष्ठ उपाध्यक्षका आकांक्षी अमृत सापकोटाले विकल्प खोज्न सक्छन। उनले विकल्प खोजे भने ठूलो चोइटो अर्को तर्फ जानेछ। त्यसको घाटा सुनिल शाहलाइ पर्नेछ।

अन्य कुराहरु ब्रेकिङ्ग न्यूज नै भने भएको अवस्था छैन। अन्य उम्मेदवारहरुले आफ्नो तरिकाले तयारी गरेका छन्। बरिष्ठका अन्य उम्मेदवारहरु कि त मैदान छोड्ने पक्षमा छन कि अन्य पदमा आकांक्षी हुने दरिलो संभावना छ।

महासचिवका उम्मेदवार गोपेन्द्र भट्टराई र पशुपति पाण्डे दुवै अडिग देखिन्छन। गोपन्द्र भट्टराई सुनिल शाहको टिममा छन् भने पशुपति पाण्डे बाध्यतावास या विकल्पले गर्दा सुर्य लाम्सालको टिममा जाने अवस्था छ। अन्यथा अप्रिल १७ सम्म तेश्रो व्यक्ति लम्सालको महासचिवमा आउने कुरा श्रोतको दावी छ। त्यो कुरा प्रवल संभावना पनि छ। जे जस्तो समीकरण र ध्रुवीकरण भएता पनि शाह र लम्सालकै बीच चुनावको कडा प्रतिष्पर्धा हुनेछ।

तर यसो भन्दै गर्दा अध्यक्षका अर्का प्रत्यासी संजय थापाले आफूले मैदान नछोडेको मात्र होइन जित्ने जिकिर गरेका छन्। उनको पुरै जसो प्यानल मैदानमा खडा छ। सांकेतिक रुपमा सबैले एकै खाले फ्लायर फालेका छन्। उनीहरुले डिसि मेट्रोमा चुनावी कार्यक्रम पनि गरेका थिए। थापाका टिमका सबै भन्दा बलिया उम्मेदवार बाला थिमिरे मानिएका छन्।