सान फ्रान्सिस्कोमा मदन दिपबीम बिशेष सांगीतिक साँझ हुँदै

Hollywood Khabar August 25,2018 Comments

कृष्ण के सी/अमेरिका
लायन्स क्लब वर्कली लालीगुराँस र विकल्प नामको अर्को संस्थासँगको संयुक्त आयोजनामा हुन गइरहेको मदन दिपबीम बिशेष सांगीतिक साँझका बारे जानकारी गराउन अगष्ट २६, २०१८ मा एक पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गरियो।

अल्बानी, क्यालिफोर्नियामा आयोजित सो कार्यक्रममा आयोजकहरुले कार्यक्रम मदन दिपबीमद्धारा रचित, संगीत गरिएका, गाइएका गीतहरुको बहार साँझ हुने कुरा जानकारी गराए। बिशेष गरि २०४० देखि २०५० साल सम्मका चर्चित गीतहरु अन्य गायकहरुले गाउने छन। लाक्पा शेर्पा, नरेन्द्र प्यासी र ममता दिपबीम सो कार्यक्रमका लिड गायकहरु हुनुहुन्छ। त्यसैगरी रन मगर, जुना प्रसाई लगायत अन्य स्थानिय गायक गायीकाहरुको समेत प्रस्तुति रहने छ।

आगामी सेप्टेम्बर १६, २०१८ का दिन ओकल्याण्ड एशियन कल्चर सेन्टरमा हुने सो सांगितक साँझलाइ सार्थक संगीत यात्रा नाम दिइएको छ। कार्यक्रममा रमाइला नेपाली गीतका नृत्यहरुको कलात्मक प्रदर्शन र सुमधुर गायनले मन्त्रमुग्ध हेन कुरा आयोजकहरुले बताए। डेढ दर्जन गीत र आधा दर्जन जति नृत्यका साथमा केहि सम्मानको समेत कार्यक्रम रहने कुरा बताइयो।

कार्यक्रममा श्रष्टा मदन दिपबीम बस्नेत स्वयं उपस्थित थिए। उनले आफू लोक गायक रहेको, ५०/६० जति गीत गाएको र १५०० भन्दा धेरै गीतहरुमा संगीत गरेको बताए। यसका साथ आफ़ो हास्य-व्यंग्यकार समेत रहेको मात्र होइन पहिलो कलाकारिता पहिचान भने नृत्यबाट भएको बताए। आफूले थुप्रै कोरियोग्राफी समेत गरेको बताउने बस्नेतले धेरै बर्ष नृत्य सिकाएको पनि बताए। तरादेवी, पुष्प नेपाली देखि ऐलेका मेलिना राइ सम्ममाका गायक/गायिकाहरुको गीत संगीत गरेका बस्नेतले आफ्नो ज्यानले सके सम्म यो क्षेत्र नछोड्ने बताए।

कार्यक्रमको लाइभ भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/krishnakc2017/videos/1926683760710980/