-सान फ्रान्सिस्कोमा सेप्टेम्बर २८ मा विकल्प सांस्कृतिक साँझ २०१९ हुँदै

सान फ्रान्सिस्कोमा सेप्टेम्बर २८ मा विकल्प सांस्कृतिक साँझ २०१९ हुँदै

Hollywood Khabar September 24,2019 Comments

कृष्ण के सी/अमेरिका/९/२४/१९

सान फ्रान्सिस्को बे एरियामा स्थापना भएको विकल्प फाउण्डेशनले सेप्टेम्बर २८ मा विकल्प सांस्कृतिक साँझ २०१९ को आयोजना गरेको छ।

स्थापनाको छोटो समयमा नै विकल्प फाउण्डेशनले भब्य कार्यक्रमहरु गर्दै आएको छ। शशक्त सांस्कृतिक समूह विकल्प फाउण्डेशनले यो पटक चर्चित सर्जकहरुको सुमधुर लाइभ कन्सर्ट (साँस्कृतिक साँझ) को आयोजना गरेको छ।

बिकल्प साँस्कृतिक साँझमा लोकप्रिय गायिका तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानकी प्राज्ञ सत्यकला राईले कालजयी सुपरहिट गीतहरु प्रस्तुत गर्ने भएकी छन्। नेपाली भाषाको अलावा राइ र लिम्बु भाषाहरुमा समेत रचना गरिएका करिब ५०० भन्दा बढी गीतहरु गाएकी राइ बिकल्प साँस्कृतिक साँझमा सहभागि हुने भएकी छन्।

त्यसैगरी चर्चित सदाबहार गायक नरेन्द्र प्यासी र सपनाश्री परियारको बेजोड प्रस्तुति रहने छ। साथमा प्रजित श्रेष्ठको प्रस्तुति र प्रमोद उपाध्यायको बेजोड तबला बादन रहने छ। यसका साथै अन्य प्रस्तुति र फाउण्डेशनका अध्यक्ष तथा गायक निर्मल फूँयालले समेत बिशेष प्रस्तुति गर्ने भएका छन्। यो एउटा बोजोड र भरपुर सांस्कृतिक र मनोरन्जनात्मक साँझ हुनेछ, अध्यक्ष निर्मल फुंयालले भने।

कार्यक्रमलाइ सान फ्रान्सिस्को बे एरियाका नेपालीहरुको बाहुल्यता रहेको लायन्स क्लबहरु बर्कली लालिगुराँस र सान फ्रान्सिस्को बुद्धले संयुक्त रुपमा सपोर्ट गर्ने भएका छन्।

आयोजकले सम्पूर्ण ईक्षुक महानुभाबहरुमा हार्दिक निमन्त्रणा गरेका छन्।

कार्यक्रम मिती : सेप्टेम्बर २८, २०१९ शनिबार

साँझ ६ बजे देखि ११ बजे सम्म

टिकेट: $20.००

स्थान: OAKLAND ASIAN CULTURAL CENTER, Pacific Renaissance Plaza

388 Ninth Street # Suite 290, Oakland, California 94607