-सान फ्रान्सिस्को शहरमा नेपाली झण्डासहित नयाँ वर्ष २०७६ क्रुज पार्टी सम्पन्न

सान फ्रान्सिस्को शहरमा नेपाली झण्डासहित नयाँ वर्ष २०७६ क्रुज पार्टी सम्पन्न

Hollywood Khabar April 15,2019 Comments

कृष्ण के सी/अमेरिका४/१६/१९

अमेरिकाको सान फ्रान्सिस्को शहरमा पानी जहाजमा नेपाली झण्डा फहराउँदै नेपाली नया वर्ष क्रुज पार्टी सम्पन्न भएको छ।

नेपाली नया वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा नेपाली समुदायमाझ पहिलो पटक Project Entertainment Group को तयारीमा नयाँ वर्ष साँझ क्रूज पार्टी सम्पन्न भएको छ।

आयोजक द्वय उद्धब के सी र हरि ओझाले जानकारी गराए अनुसार क्रूज पार्टी अप्रिल १३, २०१९ शनिबारको दिन बेलुका ७:३० बजे देखि मध्यरात १२:३० बजे सम्म भएको थियो।

क्रूज पार्टी Alameda Harbour बाट सुरु भइ संसारकै लोकप्रिय पर्यटकीय स्थलहरु जस्तै Bay Bridge, GoldenGate Bridge, AT&T पार्क, Tresure Island, Alcatraz, Sausalito, Pacific Ocean परिक्रमा गरेर पुन Alameda Harbour आएर नेपाली नयाँ वर्ष मनाउदै समापन गरिएको थियो।

आयोजकका अनुसार मासलाइ भन्दा क्लासलाइ ध्यानमा राखेर आफ्नो कला संस्कृतिलाइ परदेशमा पनि जगेर्ना र प्रोत्शाहन गर्ने उदेश्यले यो कार्यक्रमको अयोजना गरिएको हो।

कार्यक्रममा सान फ्रान्सिस्कोवासी नेपाली समुदायको उल्लेखनिय सहयोग र सहभागिता रहेको जानकारी आयोजकहरुले हलिउडखबरलाइ दिएका छन्। कार्यक्रमका अरु मुख्य आकर्षणहरुमा, Live Music, DJ, गाला डिनर, ओपनबार र थुप्रै अरु पनि रहेको कुरा उनीहरुले बताए