-सान फ्रान्सिस्कोमा नेपाली चर्चित रक ब्याण्ड ALBATROSS को लाइभ कन्सर्ट

सान फ्रान्सिस्कोमा नेपाली चर्चित रक ब्याण्ड ALBATROSS को लाइभ कन्सर्ट

Hollywood Khabar August 19,2019 Comments

कृष्ण के सी/अमेरिका/८/२०/१९

प्रोजेक्ट इण्टरटेनन्मेण्ट र विकल्प फाउण्डेशनको संयुक्त आयोजनामा सान फ्रान्सिस्को बे-एरियामा चर्चित म्यूजिक ब्याण्ड ALBATROSS को लाइभ कन्सर्ट हुने भएको छ ।

आयोजक मध्येका एक प्रोजेक्ट इण्टरटेनन्मेण्टका उद्धब के सीका अनुसार अक्टुबर १८, २०१९ शुक्रबारको दिन सो कन्सर्टको आयोजना गरिएको छ। सिटी अफ ओकल्याण्डको अन्तरास्ट्रिय स्तरको नाईट कल्ब-THE NEW PARISH मा कन्सर्ट हुनेछ। कन्सर्टमा नेपालको चर्चित रक ब्याण्ड ALBATROSS द्वारा लाइन प्रस्तुति हुनेछ।

कार्यक्रममा रक ब्याण्ड ALBATROSS को लाइभ कन्सर्ट, विकल्प फाउण्डेशन र अन्य ब्याण्डहरुको समेत प्रस्तुति र डिजे रहने छ। कन्सर्ट हेर्नको लागि दर्शकहरु कम्तिमा +१८ या माथिका उमेर समुहका हुनुपर्ने छ।

के सी भन्छन कन्सर्ट भब्य र सभ्य बनाउनको लागि तयारी द्रुतगतिमा भैरहेको छ। टिकटको लागि प्रोजेक्ट इण्टरटेनन्मेण्टको फेसबुक पेज र आयोजक उद्धब के सी, हरि ओझा र विकेन्द्र बोहोरालाइ सम्पर्क गरेर लिन सकिने छ।

टिकेटको लागि तलको लिंकको क्लिक गंरुहोस:

https://www.eventbrite.com/e/albatrossnepal-tickets-66612332279?fbclid=IwAR1SPEjp0wQpQFAIHYA-11srd2AmUZapwE5jsV7H0MPSJevwiQ1Mavg0z6o