सेवाग्राहीसँग घुसखाने नापीका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

0
shares

by Soni Sharma | Updated: 23 Jun 2019

169 views
-सांकेतिक तस्विर

८ असार,काठमाडौं।सेवाग्राहीसँग १ लाख ५० हजार घुसखाने नापी कार्यालय साँखु, काठमाडौंका  दुई कर्मचारीसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा महेश काफ्ले, नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीविरुद्ध मुद्दा दायर गरेको हो।जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १ लाख ५० हजार घुसलिइरहेको अवस्थामा  सर्वेक्षक  न्यौपाने र लेखापढी व्यवसायी केसीलाई अख्तियारले नियन्त्रणमा लिएको हो।