-पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री

पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्ति छानविन हुने 

Hollywood Khabar February 12,2020 Comments

१ फागुन,काठमाडौं।नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्ति छानविन हुने भएको छ।संघीय संसदको राज्यव्यवस्था समितिको  बिहीबार बसेको बैठकमा पूर्वप्रधानसेनापति क्षेत्रीको सम्पत्ति  छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागलाई निर्देशन दिन राय पेश भएको छ।उजुरीमाथि सुनुवाइ गर्दै  सांसद रेखा शर्मा, नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेको उपसमितिले आफ्नो प्रतिवेदन रायसहित बुझाएको हो ।

क्षेत्रीले पदको दुरुपयोग गरी कमाएको रकम राष्ट्रियकरण गरी कानुनी कारवाही गर्नु पर्ने, २०६० सालको तत्कालीन द्वन्द्वमा परेकाले पेन्सनबाहेक अन्य सेवा लिन नपाएको, आर्मी कल्याणकारी कोषबाट तलब भत्ता लिएर भ्रष्टाचार गरेको भन्दै छानविनका लागि राज्यव्यवस्था समितिमा निवेदन परेको थियो।समितिमा प्राप्त उजुरीहबारे अध्ययन गरी सुझाव दिन गठित कार्यदलले सेनाको मुख्यालय पुनर्निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे छानविन गरी कानुनअनुसार कारबाही गर्नका लागि रक्षा मन्त्रालयलाई लेखी पठाउने सुझावसहितको प्रतिवेदन मूल समितिमा पेश गरेको छ ।