बिभिन्न संचार माध्यममा प्रकाशित समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण

0
shares

by Soni Sharma | Updated: 13 Aug 2019

94 views
-नेपाली सेना

२९ साउन, काठमाडौं।नेपाली सेनाले  बिभिन्न संचार माध्यममा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।श्रावण २८ गते कान्तिपुर दैनिकको पहिलो पृष्ठमा प्रकाशित 'अदालतमा सेनाको अनधिकृत प्रवेश' भन्‍ने शिर्षकको समाचार प्रकाशित भएको थियो।सोहि बिषयमा अन्य मुलधारका अनलाइनहरुमा पनि समाचार प्रकाशित भएपछी उक्त समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिज्ञप्ति जारि गरेको हो।

निर्देशनालयले जारि गरेको  बिज्ञप्तिमा नेपाली सेना नागरिक अधिकारको संरक्षण प्रति सदा संवेदनशील रहेको जानकारी गराउँदै प्रकाशित उक्त समाचारको विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको हुँदा यस सम्बन्धमा थप  प्रतिक्रिया नभएको सम्बन्धित सबैमा जानकारी गराईन्छ भनेको छ ।कान्तिपुरले चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानूनमै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा रिट दायर गरेको भन्दै ‘अदालतमा सेनाको अनधिकृत प्रवेश’ शीर्षक दिएर मुख्य समाचार लेखेको थियो।सोहि समाचार अन्य संचार माध्यममा पनि प्रकाशित भएको प्रति सेनाले आपत्ति जनाएको हो।