-सेफ ध्रुव थापा आफ्नो समूहमा टप १० मा चुनिए

सेफ ध्रुव थापा आफ्नो समूहमा टप १० मा चुनिए

Hollywood Khabar March 06,2021 Comments

हलिउडखबर, सान फ्रान्सिस्को, अमेरिका, मार्च ६, २०२१

मार्च ४, बेलुकी ६ बजे सम्म भएको टप १० को नतिजा अनलाइन भोटिंग लाइनको आधारमा सेफ ध्रुव थापा आफ्नो समूहमाबाट टप १० मा छनौट हुन सफल भएका छन्।

world Favorite Chef Competition ले आयोजना गरिएको यो प्रतियोगिताको अर्को प्रतिपस्पर्धा मार्च ११, २०२१ मा हुनेछ।यो एक रियालिटी सो भएकाले यसमा भोटिङ्गको आधारमा प्रतिस्पर्धी छनोट गरिन्छ। सेफ थापाका अनुसार उनको लागि भोडिङ्ग गर्ने लाइन पनि खुलेको छ। इच्छुकहरुले भोट गर्न सक्नुहुनेछ।

सेफ थापा आफ्नो समुहमा पहिलो चरण देखिनै प्रथम र दोश्रो स्थानमा निरन्तर पर्न सफल भएका छन्। अबको प्रतियोगिता निक्कै जटिल हुदै जाने र धेरै भन्दा धेरै भोट ल्याएर मात्र टप १ मा पुग्न सक्नेछन। सबै भन्दा धेरै मतले सेमी फाइनल राउन्डमा पुग्न सकिने छ। सेफ थापाले सबैलाई साथ र सहयोग गरिदिनहुन बिनम्र अनुरोध गरेका छन्। सेफ थापाको श्रेय पारम्परिक र स्थानीय खानाका परिकारलाई विश्व सामु चिनाउन आफ्नो मौलिक र स्वस्थबर्धक भोजन रहेको छ।