एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

91 views
तस्बिर वेब

१० असार काठमाडौ।यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।२०७५ को एसइईको नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परिक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिएको हो। परिक्षा नियन्त्रकका अनुसार एक दुई दिनभित्रै परिक्षाफल प्रकाशित गरिनेछ।

परिक्षाको नतिजा सम्बन्धी विवरणहरु हेर्न सकिने व्यवस्थाका सूचना जारी गरिसकिएको भन्दै परिक्षा नियन्त्रक अधिकारीले अरु तयारी पनि सकिन लागेको बताएका छन्।परिक्षा नियन्त्रण कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परिक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ।

२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परिक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।