-साङ्केतिक तस्बिर साभार वेब

सहायक वन अधिकृत २ लाख घुससहित पक्राउ 

Hollywood Khabar February 12,2020 Comments

१ फागुन,काठमाडौं।डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा २ लाख घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाइ कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग २ लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले देवकोटा र तेलीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।