https://www.youtube.com/embed/GuZ_HoCziUY

साया भण्डारीको दर्दनाक बैबाहिक कहानी हो चेली-२

Hollywood Khabar August 14,2018 Comments

आलिशान महल, सासु ससुरा अनि उनीहरुका एक्ला छोरा, सायाको हाथ माग्न पुग्छन। छोरीको भबिस्य उज्ज्वल देखिरहेका बाबु आमाहरु बिहेको लागि तयार हुन्छन। सानै उमेर, स्कूल पढ्दै गरेकी युवती घरपरिवारको करकापले बिहे गर्न तयार हुन्छिन। बिडम्बना, बिहे कै दिनबाट सुरु हुन्छ साया भण्डारीको दर्दनाक कहानी।
बा आमाको करमा परि बिहे गरे पोहोर, आमा ले त भन्दै थिईन सुख पाउछेस ओहोर, बाबा पनि केहि बोलेनन् आखा चिम्ली दिए, मेरा लागि सर्ब श्रेष्ठ बा आमा नै थिय। हात  रंगियो सिउदो नि रंगियो दुखि कथा न सुन संगी हो। चेली १ को अपार सफलता पछि तीज गीतको बजारलाई आफ्नो एकलौटी पार्न बजारमा आक्रमक रुपले भखरै चेली २ बोलको गीत नेपाली संगीत बजारमा प्रवेश गरेको छ।

यस गीतमा स्वर शान्ति श्री परियार अनि लय शब्द तथा संगीत तारानाथ आचार्यको रहेको छ। निर्देशन स्वयं आचार्यले गरेको गीतको साया भण्डारी र दिपक पौडेलको बेजोड अभिनय रहेको गीतले यस पालिको तीज गीतमा बजार पिट्ने पक्कापकी भएको छ।

गणेश सापकोटाको छायांकन तथा सन्तोष सरु मगरको सम्पादन रहेको गीतलाई डिजिटल स्टार प्रा.ली ले प्रस्तुत गरेको छ। उत्कृष्ट तीज गीत चेली २ अत्यन्तै मर्मस्पर्शी रहेको छ। महिला  दिदिबहिनीहरुको कहानी समेटेको गीतले छोटो समय मै सबैको मन जित्न सक्ने सम्भावना रहेको निर्माता एवं एरेन्जर तारानाथ आचार्यले जनाउनु भएको छ।